८ वैशाख २०८१ शनिबार
प्रविधि

फेसबुक म्यासेन्जरले ल्यायो इन्स्ट्यान्ट भिडियो फिचर

क्यालिर्फोनिया –चर्चित सामाजीक संजाल फेसबुकले आफ्नो प्रयोगकर्ताको सुबिधाका लागि म्यासेन्जरमा ‘इन्स्ट्यान्ट भिडियो  नामक  नयाँ फिचरको सुरुवात गरेको छ।

म्यासेन्जर प्रयोगकर्ताले अब उक्त इन्स्ट्यान्ट भिडियो फिचरको प्रयोग गरि भिडियो शेयर गर्न सक्ने कम्पनीले जनाएको छ। यो फिचर भिडियो कलिङ फिचर भन्दा फरक भएको पनि कम्पनीले जनाएको छ। कम्पनीले नयाँ म्यासेन्जर अपडेटपछि मात्र प्रयोगकर्ताले यस फिचरको प्रयोग गर्न सक्ने जनाएको छ।

तर यस फिचरको प्रयोग गर्न प्रयोगकर्ताले पहिला नै आफ्नो स्मार्टफोनमा म्यासेन्जरको पछिल्लो सस्करण प्रयोग गरिहेको हुनपर्नेछ। यस फिचरको प्रयोग गरि प्रयोगकर्ताले एक आपसमा भिडियो शेयर गर्न सक्नेछन् । यस फिचरको प्रयोग गरि प्रयोगकर्ताले प्रत्यक्ष कुरा गर्न सक्ने पनि कम्पनीले जनाएको छ।

इन्स्ट्यान्ट भिडियो फिचर आइओएस र एन्ड्रोइड स्मार्टफोनमा उपलब्ध हुने फेसबुकले जनाएको छ।

 

प्रकाशित: २६ भाद्र २०७३ ०८:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App