६ वैशाख २०८१ बिहीबार
अर्थ

विकेन नेपाल बैंकको एफपीओ

काठमाडौं– नेपाल बैंक लिमिटेडले गरेको थप सार्वजनिक निस्कासन (एफपीओ) शेयर खरिदमा सर्वसाधारण लगानीकर्ताको चासो कम देखिएको छ। बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ खरिदका लागि आवेदन मागेकोमा अन्तिम दिन आज आइतबारसम्म ९७ लाख ८६ लाख कित्ताका लागि २ अर्व ७४ करोड रुपैयाँको मात्र आवेदन परेको बिक्री प्रबन्धक शिद्धार्थ क्यापिटलले जनाएको छ।

शेयरको दोस्रो बजारमा आएको निरन्तरको गिरावटका कारण लगानीकर्ता एफपीओतर्फ आकर्षित नभएको देखिन्छ। एफपीओ र दोस्रो बजारमा कारोबारको मूल्य नजिक नजिक भएकाले आम सर्वसाधारणको चासो एफपीओमा नभएको हो। बैंकको प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यमा १ सय ८० रुपैयाँ प्रिमियमसहित २८० रुपैयाँमा एफपीओका लागि असार १५ देखि आवेदन मागिएको थियो। आइतबार उक्त बैंकको शेयर दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रतिकित्ता २८८ रुपैयाँमा कारोबार भएको थियो। संस्थागत लागनीकर्ताले पनि नेपाल बैंकको एफपीओ र दोस्रो बजारको सन्दर्भमा मार्केट हेजिङ को नीति लिएको देखिन्छ।

  • ४ अर्व ९५ करोड रुपैयाँको शेयरका लागि आह्वान
  • २ अर्ब ७४ करोडको मात्र आवेदन
  • १ करोड ७६ लाख कित्ता शेयर बेच्ने लक्ष्य
  • बिक्यो ९७ लाख ८६ हजार कित्ता
  • अन्तिम समयमा सञ्चयकोषले किन्यो १ अर्वको शेयर
  • ८ कम्पनीले गर्दैछन् अन्डरराइट

लागनीकर्ताले दोस्रो बजारको कारोबारका विकल्पमा एफपीओलाई लिइदिँदा अन्तिम दिनमामात्र चाप परेको देखिन्छ। लगानीकर्ताले सुरुदेखि नै हेजिङ गर्दा एफपीओमा सर्वसाधारणको आकर्षणसमेत खस्केको शिद्धार्थ क्यापिटकका कार्यकारी निर्देशक धु्रव तिमल्सिनाले बताए। ‘नेपाल बैंकको वित्तीय स्वास्थ राम्रो रहँदा रहँदै पनि बजारमा गलत अफवाह फैलिएका ले पनि यस्तो अवस्था आएको हो,’ उनले भने, ‘नियामक निकायहरुले पनि गलत सूचनालाई चिर्ने गरी रणनीति बनाउन सकेनन्।’ नेपाल बैंकको एफपीओमा सरकारी स्वामित्वकै कर्मचारी सञ्चयकोषलाई अर्थमन्त्रालयले रोक लगाएको अफवाह साना लगानीकर्तामाझ फैलिएको थियो। यसले गर्दा साना लगानीकर्ता पनि यसमा लगानी गर्न हतोत्साही भएका थिए। बैंकको वित्तीयलगायत अन्य सूचक हरु बलिया हुँदा पनि एफपीओ नबिक्नु दुखद रहेको उनको भनाइ छ। यो अवस्थाले लगानीकर्ताको मनोबल र ज्ञान बढाउने पहलमा सरोकारवाला लाग्नुपर्ने सुझाव तिमल्सिनाको छ।  स्रोतकाअनुसार एफपीओका लागि अन्तिम दिन आईतबार सञ्चयकोषले १ अर्व रुपैयाँको आवेदन गरेको छ।

पछिल्लो वित्तीय विवरणअनुसार नेपाल बैंकको नाफा ३ अर्व ४० करोड रुपैयाँ छ। यस अनुसार नेपाल बैकले शेयरलगानीकर्तालाई करिब २५ प्रतिशत नाफा बाढ्ने संभावना देखिन्छ। तर नाफा देखिनुमात्र ठूलो कुरा नभएको नेपाल लगानीकर्ता संघका अध्यक्ष अम्विका प्रसाद पौडेल बताउँछन्। ‘नाफा त नेपाल टेलिकमको पनि उच्च छ नी तर खोइ त शेयरको मूल्य?’ उनको प्रश्न छ। शेयरबजार प्रति सरकारको दृष्टिकोण नै स्पस्ट नभएकाले समस्या आएको उनको भनाई छ। नेपाल बैंकको शेयरबाट प्रिमियम उठाउने औचित्य पुष्टि नभएको उनको धारणा छ। ‘शेयर बजार निरास भएको अवस्थामा सरकारी कम्पनीले नै जनताबाट प्रिमियम उठाउन खोज्नु नै दुर्भाग्यपूर्ण हो,’ उनले भने।

पौडेलका अनुसार बैंक तथा वित्तीय संस्थाले शेयर बजारलाई बढी तरलता पार्किङ गर्ने क्षेत्र बनाउनाले पनि शेयर बजारमा समस्या आएको हो। ‘हामीलाई चाहिँदा ऋण दिंदैनन, उनीहरुलाई बढी भएको समयमा मात्र दिन खोज्छन् अनि पूँजी बजार कसरी विकास होस?’

हाल ८ अर्ब ४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल बैंकको चुक्ता पुँजी एफपीओ निश्कासन पश्चात ९ अर्ब ८१ करोड १७ लाख रुपैयाँ पुग्नेछ। हाल सरकारको ६२ प्रतिशत र सर्वसाधारणको ३८ प्रतिशतको शेयर संरचना क्रमशः ५१ र ४९ प्रतिशत कायम हुनेछ। बिक्री नभएको एफपीओको खरिद (अन्डर राइट) गर्न ८ मर्चेन्ट बैंक तयार भइसकेका छन्। यसका लागि सीआईबीएल, एनआईबीएल,सानिमा, नेपाल एसबीआई, सिभिल,लक्ष्मी सनराईज र ग्लोबल आइएमई क्यापिटलले अन्डरराईटको प्रत्याभूति गरेका छन्।

प्रकाशित: १३ श्रावण २०७५ १३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App