coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

यातना दिएको भन्दै प्रहरी बिरुद्ध आयोगमा उजुरी

खोटाङ - फरार छोरा पक्राउ गर्ने विषयलाई लिएर यातना दिएको भन्दै खोटाङमा प्रहरी बिरुद्ध राष्ट्रिय मानव अधिकार आयोग समक्ष उजुरी परेको छ। कुटपिट, लुट र जबरजस्ती करणी गरेको आरोपमा छोरा निसान राई फरार भएपछि आफुहरुलाई धरपकड गरेर यातना दिएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका बुद्धिराज राई र समृत राईले प्रहरी बिरुद्ध आईतबार राष्ट्रिय मानव अधिकार आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलमा उजुरी दिएका हुन्।

फरार आरोपित निसानलाई पक्राउ गर्नका लागि प्रहरीले आफुहरुलाई साउन ११ गते राती गाउँबाट पक्राउ गरेर यातना दिएकाले आयोगमा उजुरी दिएको बुद्धिराजले बताए। बुद्धिराज निसानका बाबु र समृत नजिकका दाजु हुन्। 

 

प्रकाशित: १३ श्रावण २०७५ १२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App