गैर आवासीय नेपालीलाई नागरिकता कार्यान्वयन हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

आइतबार, १३ साउन २०७५, १८ : ०२ चिरन शर्मा  | @chiranuk

लग्जेम्बर्ग– परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले गैर आवासीय नेपालीलाई नागरिकता कार्यान्वय गरिने बताएका छन्। आइतबार लग्जेम्बर्गमा सुरु भएको गैरआवासीय नेपाली संघको ११ औँ युरोपीय क्षेत्रीय बैठक तथा ९ औँ युरोपीय क्षेत्रीय महिला बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले  गैर आवसीय नेपालीहरुको पहिचान र भूमिकालाई संविधानले नै प्रत्याभुति गरेकाले त्यसलाई कटौती नगर्ने बताएका हुन्।  ‘निकै लामो छलफल पश्चात गैर आवासीय नेपालीलाई नागरिकता सम्बन्धी व्यवस्था गरिएको हो,’ उनले भने, ‘यो कट्यौती हुन्छ कि, अफ्ठेरो पर्छ कि भन्ने आशंका नगर्नुस्।’

कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले गैर आवासीय नेपालीलाई राजनीतिक अधिकार पनि दिनुपर्ने आफ्नो धारणा भएको बताए। नेपाल विकास र समृद्धिको भोकले तड्पिरहेको उनले बताए। ‘समृद्धि शब्द गायत्री मन्त्र जस्तो बनेको छ,’उनले भने, ‘हामीले खोजेको उड्ने गतिको समृद्धि हो।’

कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछाने संविधानमा उल्लेख भएको गैर आवासीय नेपालीको नागरिकता कार्यान्वयनमा ल्याउन माग गरेका थिए।

युरोपीय एनआरएनको प्रतिवद्धताः नेपालमा पर्यटक, ज्ञान सीप र लगानी  भन्ने मुल नाराका साथ बैठकको उद्घाटन ज्ञवालीसहित आयोजक राष्ट्र लक्जेम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइश, संघका अध्यक्ष भवन भट्ट, युरोप संयोजक शिव वरुवालले संयुक्तरुपमा गरेका थिए।

 

 








यसमा तपाईको मत

अन्य समाचार

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

किसान पाइप प्रडक्टको डिलर मिट

किसान पाइप प्रडक्टको डिलर मिट

किसान पाइप प्रडक्टस् प्रालिले विराटनगरमा डिलर मिट सम्पन्न गरेको छ । ...

Ncell Footer Ad