७ वैशाख २०८१ शुक्रबार
अर्थ

३ अंकले बढ्यो नेप्से

काठमाडौं–आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ दशमलव ६२ अंकले बढेर ११ सय ९४ दशमलव ८२ अंक कायम भएको छ। 'क' बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५९ अंकले बढेको छ।

समूहगत परिसूचकमा ५ समूह ऋणात्मक रहे भने ५ सकारात्मक रहेको देखिन्छ। सबैभन्दा धेरै जीवन बिमा समूहको परिसूचक ५२ दशमलव ६७ अंकले बढेको छ भने होटल समूहको सूचक २० दशमलव १४ अंकले घटेको छ।

आइतबार १५३ कम्पनीका ७ लाख ८१ हजार ४८४ कित्ता शेयर १८ करोड ४९ लाख ९ हजार २७० रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज जलविद्युत् लगानी तथा विकास कम्पनीका सबैभन्दा धेरै १ करोड २६ लाख ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

प्रकाशित: १३ श्रावण २०७५ ११:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App