४ वैशाख २०८१ मंगलबार
समाज

अवैध रजनीगन्धा सहित २ पक्राउ

प्रहरीले बरामद गरेको रजनिगन्धा सहितका समान, तस्करीमाप्रयोग भएको गाडी र आरोपीकारोबारी तथा चालक।    तस्बिरः रितेश/नागरिक

वीरगन्ज – तस्करी गरी अवैध रुवपमा पैठारी गरिएको पान मसला रजनीगन्धा र विभिन्न ब्राण्डका सुगन्धित जरदा सहित प्रहरीले वीरगन्जको गहावाबाट एक कारोबारी सहित दुई जनालाई नियन्त्रणमा लिएको छ। 

सूचनाको आधारमा खटाइएको प्रहरी टोलीले रेल्वे रोडस्थित दुर्गा सिनेमा नजिकबाट भारतीय नम्बरको स्कार्पियो गाडीमा भारतको सिमावर्ती सहर रक्सोलबाट ल्याउदै गरिएको करिब ३ लाख मुल्य बराबरको उक्त समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 

बरामद भएको रजनीगन्धा लगायत समान र जेएच ९ जे ३१११ नम्बरको स्कार्पियो गाडी सहित प्रहरीले कारोबारी वीरगन्ज–८ का गौतमकुमार चौरसिया र गाडी चालक भारतीय नागरिक पुर्वी चम्पारण मोतिहारी घर भएका रामरोशन कुमारलाई नियन्त्रणमा लिएको छ। 

बरामद गरिएका समान, गाडी र मान्छे अनुसन्धानका लागि वीरगन्ज भन्सार कार्यालय पठाइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राइले बताए। यसैगरी मोटरसाइकलमा अवैध रुपमा पैठारी गरी भित्र्याइएको करिब ४ लाख मुल्य बराबरको मोटरसाइकलका पार्टपुर्जा बरामद गरी प्रहरीले भन्सार पठाएको छ। 

प्रकाशित: १३ श्रावण २०७५ १०:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App