coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्थानीय तहको प्राथमिकतामा परेन विमानस्थल निर्माण

रेसुङ्गा विमानस्थलमा गत जेठ २५ गते परिक्षण उडान गरेको तारा एयर । फाईल तस्विर : शिवलाल सुवेदी/नागरिक

गुल्मी - जेठको २५ गते पहिलो पटक गुल्मीको रेसुङ्गा विमानस्थलमा जहाज अवतरण गर्‍याे। रेसुङ्गा विमानस्थलमा पहिलो पटक जहाज अवतरण गर्दा एक दशक अगाडिदेखिको गुल्मेलीहरुको जहाज चड्ने सपना पुरा भयो भन्दै गुल्मेलीहरुले खुसीयाली मनाए। तर अहिले जिल्लाका स्थानीय तहहरुले विमानस्थललाई प्राथमिकतामा राख्न नसक्दा रेसुङ्गा विमानस्थल एक्लिएको छ।

जिल्लाकै गौरवको विमानस्थल भएपनि केहि स्थानीय निकायहरुलेमात्रै विमानस्थल निर्माणकालागि यस आर्थिक वर्षमा बजेट विनियोजन गरेका छन्। कुल २ नगरपालिका र १० गाउँपालिकामध्ये विमानस्थलकालागि रेसुङ्गा नगरपालिकाले ५ लाख छुट्याएकाे छ भने गुल्मी दरवार गाउँपालिका र छत्रकोट गाउँपालिकाले १÷१ लाख वजेट छुट्टाएका हुन । यी स्थानीय तह वाहेक अन्यले विमानस्थलका लागि वजेट छुट्याएका  छैनन।

जिल्लाकै गौरवको योजना रहेको विमानस्थल स्तरोन्नतीलाई सवै स्थानीय तहले प्राथमिकतामा राख्नुपर्ने नागरिक समाज गुल्मीका अध्यक्ष पदम प्रसाद पाण्डेले बताए। परिक्षण उडान भएपनि विमानस्थल बजेटकै अभावमा नियमित हुन अझै समय लाग्ने देखिन्छ। पैसाको अभावमा फराकिलो बनाउन लिइएको जग्गा समेत पास हुन नसकेको पाण्डेले बताए। 

विमानस्थल निर्माण समितिका अध्यक्ष समेत रहेका छत्रकोट गाउँपालिका प्रमुख मधुकृष्ण पन्तले विमानस्थल स्तरोन्नतीकालागि ८ करोडको ठेक्का भएको बताए। उनले भने ‘तर उक्त बजेटवाट जग्गाको मुआब्जा दिन मिल्दैन, अझैपनि १५ लाखभन्दा बढी मुआब्जाको लागि पैसा आवश्यक छ।’ उनका अनुसार ८ करोडले धावनमार्ग पक्की गर्ने लगायतका अन्य भौतिक सरंचनाहरु निमार्ण हुनेछन्। समितिले समयमा सवै स्थानीय तहसगँ छलफल गर्न नसकेकाले पनि स्थानीय तहहरुले वजेट छुट्टाउन विर्सेको हुन सक्ने पन्तको अनुमान छ। 

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले विमानस्थलकालागि धेरै पटक छलफल र बहस भएपनि अरु कुनै स्थानीय तहले सहयोग नगरेको दुखेसो पोखे।

प्रकाशित: १३ श्रावण २०७५ १०:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App