coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सभामुख र उपसभामुख फरक पार्टीको हुनपर्ने भन्दै संसद अवरोध

बुटवल—प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रदेश नं. ५ को प्रदेश सभा बैठक स्थगित भएको छ। काँग्रेसले संसदको सभामुख र उपसभामुख फरक पार्टीको हुने संवैधानिक व्यवस्था कार्यान्वयनको माग गर्दै सदन अवरुद्ध गरेपछि बैठक स्थगीत भएको हो। दिउँसो एक बजे बैठक सुरु भएलगत्तै नेपाली काँग्रेसकी सचेतक निर्मला क्षेत्रीले सभामुख र उपसभामुख फरक पार्टीको हुने संवैधानिक व्यवस्था कार्यान्वयन नहुँदा सम्म सदन चल्न नदिने बताएपछि काँग्रेसका सांसद उठेर सदन अवरुद्ध गरे।

सभामुख र उप सभामुख एउटै दलको हुन नहुने र प्रदेशको नामाकरण र स्थायी राजधानीको बारेमा अझै सम्म टुंगो नलागेकोले दुवै विषयमा मुख्य मन्त्रीले जवाफ दिनु पर्ने अडान कांग्रेस सांसदले राखे पछि सभामुख पूर्णबहादुर घर्तीले बैठक स्थगित गरे। आजको बैठक भोली दिउँसो एक बजे बस्ने गरी स्थगीत भएको सभामुखले जानकारी गराए।

प्रकाशित: १३ श्रावण २०७५ १०:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App