coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फेरिएको नशा

भिडियाे : दिपेन्द्र राेक्का

भक्तपुर टौमडीका  ४१ बर्षीय राजेश दिदियाको जीवन कथा सिनेमाको  एउटा प्लट जस्तै लाग्छ।  कक्षा ६ मा पढ्दा ११ बर्षकै उमेरमा उनका दुवै खल्तीमा लागुपदार्थका वोतल हुन्थे। उनी क्यारियरको रुपमा प्रयोग भए। त्ययसको केही समयपछि उनले लागुपदार्थ प्रयोग गर्न थाले। उनी नराम्ररी  कुलतमा फसे। जीवनको उर्वर १२ बर्ष लागुपदार्थको नशामा डुवेका उनी अचानक  तैरिए। अहिले उनको नशा फेरिएको छ। उनी आफुजस्तै कुलतको दलदलमा फसेका यूवालाई  त्यसबाट कसरी उम्काउने भन्ने अभियानमा जुटेका छन्। 

सानै उमेरमा कुलतमा फसेका उनले कुलतबाट उम्कीन थुप्रै सघर्ष गर्नु पर्यो। उनले  नशा छाड्न त चाहे तर कसैले उनलाई उपचार गर्न मानेनन्। ‘त्यति बेला ‘बिग्रिएको भक्तपुरे केटो सुध्रिन्न’ भन्ने गलत मान्यता कतिपयमा थियो। यहि क्रममा भक्तपुरकै   एकजना दाईले ‘ल  सुध्रिन्छस भन्ने मौका दिन्छु’ भनेपछि आफु उपचारको  बाटोमा लागेको उनले बताए।

उनले खोलेको संस्थामा उपचार गर्न आउनेलाई  सुरुमा दिनभरी काउन्सील गर्ने र साझमा पठाउने गरे। तर कतिपयले रात पनि बस्नु पर्ने आफ्नो बाध्यता सुनाए। कुलतमा फसेका  किसानका छोरासंग उपचारको लागी पर्याप्त पैशा नहुने गरेको उनले देखे। त्यसैले उनले उनीहरुको लागी खेती गरेर उपचार गर्ने सोच बनाए। 

लागुपदार्थ दुर्व्यसनीकाे उपचार तथा  पुनस्थापना केन्द्रमा दिगोपना र  निरन्तरताको लागि उनले गोलभेडा खेती सुरु  गरे। जहाँ उनले उपचार गर्न आउनेलाई  उनीहरुको अवस्था अनुसार काममा लगाउन थाले। चार रोपनी क्षेत्रफलमा फैलिएको  गोलभेडा खेतीबाट बार्षिक ४ लाख देखि ६ लाखसम्म  आम्दानी हुन थाल्यो। उपचार गरेर फर्कनेहरुले यहाँबाट सिकेको सिप आफ्नो  खेतबारीमा प्रयोग गर्ने गरेको उनी सुनाउँछन्। 

उनले आफ्नो यो अभियानमा  एचआइभि संक्रमितलाई पनि सहयोग गर्न थाले। तिनका परिवारलाई खेतीमा सहयोग गरे । उनीहरुको लागि निशुल्क विउ र बेर्ना दिन थाल्यो। पोखरा र बुटवलसम्म पुगेर सहयोग गरे । ‘हामीले बिस्तारै आफ्नो दायरा बढाएको छौ,’ उनले भने, ‘ दुव्र्यसनीको उपचारसंगै एचआइभि संक्रमित र तिनका परिवारको  सहयोगको लागि पनि खेतीलाई माध्यम बनाएका छौ।’ 

सानो घेरामा रहेको यो अभियानलाई उनले ठूलो दायरामा फैलाउन चाहेका छन्।  आगीमा बर्ष उनले थप केही जमिन भाडामा लिने योजना बनाएका छन्। 

 

प्रकाशित: १३ श्रावण २०७५ ०८:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App