७ वैशाख २०८१ शुक्रबार
खेल

लिभरपुल र आर्सलन विजयी

लण्डन–इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलहरुमा लिभरपुल र आर्सलन  विजयी भएका छन्।

लिभरपुलले घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीलाई ४–१ गोल अन्तरले पराजित गर्‍यो। खेलको पहिलो हाफको १३ औ मिनेटमा फ्रिर्मिनोको गोल बट सुरुवाती अग्रता लिएको लिभरपुलका मानेले ३१ र्औै मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनएका थिए। खेलको३८ औ मिनेटमा गोल गर्दै लेस्टरका भार्डेले खेल २–१ को अवस्थामा पुर्‍याएका थिए।

खेलको ५६ औ मिनेटमा लालाना र ८९ औ मिनेटमा फिर्मिनोले गोल गर्दै लिभरपुलालई ४–१ को सहज जित दिलाएका थिए।

त्यस्तै आर्सनलले साउथह्यामटनलाई २–१ गोल अन्तरले पराजित गरेको छ। खेलको १८ औ मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै दुसन ताडिले गोल गर्दै  साउथह्यामटनलाई सुरुवाती अग्रता दिलाएका थिए। आर्सनलका ल्युरेन्ट कोस्किल्नेल खेलको २९ औ मिनेटमा  गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए । खेल सकिन ३० सेकेण्ड बकीँ रहदाँ साउथह्यामटनका जोसे फोन्टेले अर्सलनका ओलिभर गिराउल्डलाई पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा गोल गर्दै स्यान्टी कोर्जोलाले आर्सनलाई २–१ को कठिन जित दिलाएका थिए।

त्यस्तै शनिबार सम्पन्न अन्य खेलमा टोटनह्यामले स्ट्रोक सिटीलाई ४–० ले पराजित गर्दा वार्टफोर्डले वेस्ट ह्यामलाई ४–२ ले पराजित गर्‍यो।

इङलिस प्रिमियर लिग अन्तर्गत आज राति हुने खेलमा चेल्सी र स्वान्सी सिटी तथा सन्डरल्याण्ड र एभरर्टन आमने  सामने हुँदै छन्।

 

 

प्रकाशित: २६ भाद्र २०७३ ०८:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App