coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

हलेसी साइनो स्टार

खोटाङ – गीत संगीतको व्यवसायिक विकासका लागि हलेसी साइनो स्टार आयेजना गरिने भएको छ । साइनो कला केन्द्र खोटाङ र हलेसी टाइम्स दैनिकको सहकार्यमा हुने उक्त प्रतियोगितामा पुरस्कार राशि पनि आकर्षक रहेको छ।

प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँका साथमा गीत रेकर्डिङ, एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवसर पाउनेछन् । दोस्रो हुनेले ३० रुपैयाँ नगदका साथै एक वर्ष संगीत  अध्ययन गर्ने अवसर र तेस्रो हुनेले नगद १५ हजार ५ सय ५५ रुपैयाँका साथ एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवशरका साथै प्रमाणपत्र र ट्रफी पाउँनेछन्।

‘अवसर खोजीरहेका प्रतिभालाई व्यवसायिक रुपमा गीत संगीतमा लाग्ने वातावरण निर्माणका लागि हलेसी साइनो स्टारको परिकल्पना गरिएको हो,’ साइनो कला केन्द्र खोटाङका अध्यक्ष प्रमोद श्रेष्ठले बताए।

 

प्रकाशित: १३ श्रावण २०७५ ०७:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App