६ वैशाख २०८१ बिहीबार
समाज

वनजंगल र जलसम्पदा दोहनले बिपतका घटना बढ्दै

विपत व्यवस्थापनबारे बोल्दै बेलका नगर प्रमुख दुर्गाकुमार थापा।    तस्बिरः महेश्वर/नागरिक

उदयपुर – उदयपुरका सरोकारवालाहरूले प्राकृतिक सम्पदाको दोहन गरेका कारण बिपतका घट्ना बढ्दै गएको बताएका छन्। उदयपुर सदरमुकाम गाईघाटमा शनिबार आयोजित ३ दिने बिपत व्यवस्थापन तालिम समापनको अवसरमा बोल्दै सरोकारवालाहरूले खोलानाला र वन जंगलको विनाशले गर्दा दिनदिनै बिपतका घट्ना बढ्दै गएको बताएका हुन्। 

बिपतबाट बच्ने र सम्पत्ति क्षति हुनबाट बचाउने विषयमा केन्द्रित तालिममा बाढी पहिरो, आगलागी तथा अन्य मानवीय र प्राकृतिक बिपतको जोखिमबाट बच्ने तरिकाबारे जानकारी दिन आयोजना गरिएको आयोजक जालपा एकीकृत विकास समाज उदयपुरले जनाएको छ। 

वल्र्डभिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा भएको तालिममा बिपतबारे पूर्व तयारी कसरी गर्ने, बिपतबाट कसरी बच्ने, बिपत आइलागिहाले कसरी कम क्षति हुनेतर्फ होस् पुर्याउनेबारे कार्यक्रममा जानकारी गराइयो।  जोखिम न्यूनिकरण तथा प्रतिकार्य प्रणालीका लागि व्यवस्थापन नीतिबारे जिल्लाका ४ वटै गाउँपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुखलगायत प्रतिनिधिहरूसमेको सहभागिता रहेको थियो। 

नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सरोकारवाला निकायका प्रमुख, विभिन्न सरकारी तथा गैरसकरारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागितामा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काठमाडौंको बिपत व्यवस्थापन विभागका वरिष्ठ कार्यक्रम संयोजक भोजराज घिमिरे र रेडक्रस झापाका तालिम अधिकृत प्रकाश कार्कीले सहजीकरण गरेका थिए।

शनिबार सम्पन्न ३ दिने तालिम समापन कार्यक्रममा बेलका नगरपालिका प्रमुख दुर्गाकुमार थापाले प्रभावकारी र साझा एजेण्डा बनाएर बिपतको सामना गर्न सके क्षति कम गर्न सकिने बताए। जिल्लामा रहेका स्थानीय तहहरू एकजुट भएर बिपतविरुद्ध साझेदारी गर्दै बिपतविरुद्ध योजना सञ्चालन गर्न उनको सुझाव थियो। त्यसका लागि प्रतिकार्य साझा नीति बनाउन जरुरी रहेको भन्दै मेयर थापाले आफ्नो तफबाट बेलाका नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। 

प्रकाशित: १३ श्रावण २०७५ ०६:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App