coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भावी प्रधानन्याधीशकाे नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय सोमबार हुने

काठमाडौं – भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय दिन आइतबार (आज) बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक सोमबार २ बजे बस्ने भएको छ। 

समितिको बैठक आइतबार बिहान बस्ने भनिएता पनि दुई सांसदहरु पुष्पा भूसाल र जीतेन्द्र देव बाहिर रहेको र समितिमा आवश्यक छलफल गर्न पनि बाँकी भएको हुँदा बैठक स्थगित भएको समितिका सदस्य सांसद निरु पालले जानकारी दिइन्। 

जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र धेरै प्रश्नको जवाफ नै नदिएको हुँदा आन्तरिक र थप छलफल गर्नुपर्ने भएको हुँदा बैठक स्थगित भएको हो। 

भावी प्रधानन्यायाधीश जोशीको गत बिहीबार सुनुवाइ भएको थियो। संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ। 

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले गत चैत १ गते राजीनामा दिएपछि जोशी कामु प्रधानन्यायाधीशका रूपमा काम गरिरहेका छन्। (रासस)

प्रकाशित: १३ श्रावण २०७५ ०६:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App