७ वैशाख २०८१ शुक्रबार
राजनीति

केसीको मुद्दामा पार्टीगत अडान थिएन : विवेकशील

काठमाडौं – विवेकशील साझा पार्टीले चिकित्सक डा. गोविन्द केसीले उठाएका चिकित्सा शिक्षा सुधार विषयलाई राजनीतिक दलगत स्वार्थको रुपमा प्रयोग गर्न नहुने जनाएको छ। 

सो पार्टीले केसीको मागमा आफूहरूको ऐक्यवद्धता रहेपनि सकडमा भएका प्रदर्शनमा आफ्ना नेता र सामाजिक अभियन्ताले व्यक्तिगतरुपमा मात्र भाग लिएको स्पष्ट पारेको हो। 

पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले आफ्ना पार्टीका तर्फबाट सरकार र केसी पक्षको वार्तामा अधिवक्ता एवं पार्टीको अभियान विभागका सदस्य ओमप्रकाश अर्यालले व्यक्तिगत हैसियतमा सहजीकरण गरेकामा त्यसबारे गलत सन्देश प्रवाह गरिएको दाबी गरे। 

“वार्ता र सहमतिका लागि हाम्रो पार्टीको कुनै अडान थिएन। हामीले पार्टीको व्यानर लिएर सडकमा गएका पनि थिएनौँ। यस्ता विषयलाई राजनीतिक लाभका रुपमा कुनै पनि दलले उपयोग गर्नु हुँदैन भन्नेमा हामी स्पष्ट छौँ।” 

सरकार र डा केसीबीच गत बिहीबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा संशोधन गर्नुपर्नेलगायत विभिन्न नौ बुँदे सहमतिपछि केसीले २७ औं दिनको अनसन तोड्नुभएको थियो।   (रासस)

प्रकाशित: १३ श्रावण २०७५ ०६:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App