काठमाडौं— भारत भ्रमणमा निस्किने तयारी गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफू र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सोच्ने तरिका उस्तै भएको उल्लेख गरेका छन्। ‘मोदीजी र मेरो सोच्ने तरिका एकै छ। हाम्रो रसायन (केमेस्ट्री) मिल्छ’, दाहाले भनेका छन्।
‘हाम्रा परिस्थिति र आइडोलोजी फरक छ। उनी बहुमतबाट निर्वाचित विशाल भारतको बलियो प्रधानमन्त्री हुन्। म र नेपालीहरु मोदीलाई विश्वास गर्छौं। यो विश्वासलाई बलियो बनाउनतर्फ हामीले ध्यान दिनुपर्छ’, उनले भनेका छन्।
‘हाम्रा परिस्थिति र आइडोलोजी फरक छ। उनी बहुमतबाट निर्वाचित विशाल भारतको बलियो प्रधानमन्त्री हुन्। म र नेपालीहरु मोदीलाई विश्वास गर्छौं। यो विश्वासलाई बलियो बनाउनतर्फ हामीले ध्यान दिनुपर्छ।'
मोदी मेरो भरोसा
प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री आफ्नो र नेपाली जनताको भरोसा भएको बताएका छन्। मोदीको प्रशंसा गर्दै उनले भनेका छन्, ‘पहिलो पटक जब मोदीजी नेपाल आए र संसदमा भाषण गरे त्यतिबेला पनि मेरो उहाँसगँ कुराकानी भएको थियो। नेपालको इतिहासमा छिमेकी देशको प्रधानमन्त्रीले यहाँ आएर त्यो किसिमको उत्साह भरेको कमै देखिन्छ। हाम्रो पहिलो भेटमै गजबसँग कुराकानी भयो। दोस्रो पटक हामीले जमेर कुराकानी गर्यौं। मोदीजीसँग मेरो र नेपालीहरुको भरोसा छ। अब यो विश्वासलाई बलियो बनाउन ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ।’
नाकाबन्दीको सास्ती खेपेका सर्वसाधारणमा भारतप्रति नकारात्मक सोच चुलिएका बेला प्रधानमन्त्रीले भारत खुशी पार्नेगरी अभिव्यक्ति दिएका हुन्। भारत भ्रमणको पूर्वसन्ध्यामा हिन्दी पत्रिका हिन्दुस्तानलाई अन्तर्वार्ता दिँदै उनले यस्तो विचार व्यक्त गरेका हुन्। ‘गत वर्ष नेपाल—भारत सम्बन्ध राम्रो भएन। यो बीचमा आपसी भ्रम धेरै फैलिए। नाकाबन्दीका कारण सर्वसाधारणले दुःख पाए। मेरो भारत भ्रमणको उद्देश्य नेपाल—भारतबीच विश्वासको धरातल निर्माण गर्नु नै हो’, प्रधानमन्त्री दाहालले भनेका छन्, ‘त्यसैले यो सद्भावना भ्रमण जस्तो हो।’
भारतको सुझाब नमान्दा गडबड
मेरो भारत भ्रमणको उद्देश्य नेपाल—भारतबीच विश्वासको धरातल निर्माण गर्नु नै हो’, प्रधानमन्त्री दाहालले भनेका छन्, ‘त्यसैले यो सद्भावना भ्रमण जस्तो हो।’
पहिला प्रधानमन्त्रीका रुपमा भारत जाँदा आफ्नो मष्तिस्कमा क्रान्ति र युद्धको असर बाँकी रहेको उल्लेख गर्दै दाहालले भनेका छन्, ‘यो दश वर्षमा जुन उतार चढाब भयो। मलाई लाग्छ अब म निकै परिपक्वतासँग दुई देशको सम्बन्ध बलियो पार्न पहल गर्न सक्छु।’
भारतले संविधान जारी गर्ने समयमा आएर संविधान निर्माण प्रक्रिया रोक्न भनेको उल्लेख गर्दै उनले भनेका छन्, ‘त्यतिबेला भारतले सुझाव दियो कि यसलाई रोक्नोस्। त्यहीँबाट दुई देशबीच गडबडी सुरु भयो। त्यतिबेला मैले भनेँ यो गलत समय हो। रोक्ने सुझाव पहिलै नै दिनुपथ्र्यो। यतिबेला अब सम्भव छैन।’
मधेस आन्दोलनप्रति साहनुभूति व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भनेका छन्, ‘धेरै थोरै मान्छेलाई थाहा छ संविधानप्रति मैले नोट अफ डिसेन्ट लेखेको थिएँ। मधेस आन्दोलनप्रति प्राकृतिक रुपमै मेरो साहनुभूति छ’, उनले भनेका छन्। मलाई विश्वास छ मधेसी, थारु, जनजातिका माग पूरा हुनैपर्छ।’
प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणको रुपमा भारत जान लागेका दाहालले पहिलो मिडिया अन्तर्वार्ता पनि भारतीय पत्रिकालाई नै दिएका हुन्। झन्डै दुई महिनाअघि प्रधानमन्त्री बनेपछि उनले नेपाली मिडियालाई अन्तर्वार्ता दिएका छैनन्। भदौ ३० देखि उनले भारत भ्रमण गर्ने तय भएको छ।
प्रकाशित: २६ भाद्र २०७३ ०७:४६ आइतबार