coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सुजुकीको स्विफ्ट एक्सचेन्ज क्याम्प

काठमाडौं – सुजुकीका चारपांग्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता तथा सिजी होल्डिङको अटोमोटिभ विभाग सिजी मोटोकर्पले तीनदिने एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ। नयाँ स्विफ्ट तेस्रो संस्करणको मोडललाई लक्षित गर्दै सोमबारदेखि बुधबारसम्म उक्त क्याम्प गर्न लागेको हो। 

स्विफ्टको नयाँ मोडलसँग एक्सचेन्ज गर्दा कम्पनीले उपभोक्तालाई ठाउँमै मूल्य निर्धारण गरी ४० हजारको विशेष एक्सचेन्ज बोनस प्रदान गर्ने जनाएको छ। 

साथै, कम्पनीले सोही मोडलमा ११.९९ प्रतिशतको विशेष ब्याजदरले उचित फाइनान्सको व्यवस्था प्रदान गर्नेछ। यस एक्सचेन्ज योजना देशका सम्पूर्ण सुजुकी आउटलेटमा उपलब्ध रहने जारी विज्ञप्तिमा उल्लेख छ। 

तेस्रो संस्करणको नयाँ स्विफ्ट सर्वाधिक स्पोर्टी मोडल भएको कम्पनीको दाबी छ। पूर्ण रुपमा नयाँ डिजाइन सहितको यस सवारी साधन पाँचौ संस्करणको हर्टेक्ट प्ल्याटफर्ममा निर्माण गरिएको कम्पनीले जनाएको छ। 

यसलाई अझ मजबुत र सुरक्षित बनाइएको छ । यस मोडलमा पूर्वपरीक्षण गरिएको के १२ भिभिटी इन्जिन छ। जसले ८३ पिएस पावर सहित २२ किलोमिटर प्रतिलिटरको उत्कृष्ट माइलेज प्रदान गर्ने विज्ञप्तिमा छ। 

नयाँ स्विफ्टमा डुअल एयर ब्याग, एन्टिलक ब्रेकिङ प्रविधि, फ्रन्टल पेडेस्ट्रियन प्रोटेक्सन प्रविधि, फोर्स लिमिटर र प्रिटेन्स्नर सहितको सिटबेल्ट एवं सुरक्षामा केन्द्रित आइसोफिक्स चाइल्ड सिटएन्कोरे जस्ता प्रविधि उपलब्ध छन्। साथै, यस स्विफ्टमा सुविधायुक्त ब्लुटुथ ह्यान्ड्स फ्री प्रविधि, अटो एसी, अलोय ह्विल, पुस स्टार्ट बटन, रिमोट कि–लेस इन्ट्री, फ्रन्ट फग ल्याम्पस, सेक्युरिटी अलार्म सिस्टम प्रविधि समावेश गरिएको जनाएको छ।

 

प्रकाशित: १३ श्रावण २०७५ ०३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App