coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

'भारतको इशारामा संविधान संशोधन'

काठमाडौं–चुरे भावर चुरे भावर राष्ट्रिय एकता पार्टीले दक्षिणी छिमेकी मुलुक भारतको इशारामा संविधान संशोधन हुन गइरहेको आरोप लगाएको छ। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले देशहित र राष्ट्रहितको बिपक्षमा हुन लागेको उक्त संविधान संशोधनलाई स्विकार नगर्ने जनाएको छ। चुरे भावरले जनताको हित बिपरित संविधान संशोधन गरे आन्दोलनमा  चेतावनी दिएको छ ।

संविधान संशोधनका नाममा तराईमा दुई प्रदेश बनाउने, हिन्दी भाषालाई कामकाजीको मान्यता दिने, अंगिकृत नागरिकलाई रैथाने नेपाली सरहको उच्चपदस्थसम्म जाने अधिकार दिने कार्य भए यस पार्टी प्रतिवादमा उत्रनेछ

पार्टी अध्यक्ष बद्रीप्रसाद न्यौपानेले संविधान संशसोधन जनताको पक्षमा हुनु पर्ने बताए । ‘संविधान संशोधनका नाममा तराईमा दुई प्रदेश बनाउने, हिन्दी भाषालाई कामकाजीको मान्यता दिने, अंगिकृत नागरिकलाई रैथाने नेपाली सरहको उच्चपदस्थसम्म जाने अधिकार दिने कार्य भए यस पार्टी प्रतिवादमा उत्रनेछ’, न्यौपानेले भने। चुरे भावर प्रदेश दिने भनेर राज्यले सम्झौता गरे पनि त्यसलाई सम्वोधन नगरेको भन्दै न्यौपानले आक्रोश पोखेका छन्। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनको माग सम्वोधन गर्ने नाममा अपराधीहरुलाई रिहाई गर्न खोजिएको पनि सो पार्टीको आरोप छ ।

‘जघन्य अपराधमा संलग्न रहेकालाई आन्दोलनकारी भनेर रिहाई गर्नका लागि गृह मन्त्रालयले तयारी गरिरहेका सुनैका छौं’, न्यौपानेले भने, ‘अपराधीलाई रिहाई गरेर सरकारले के देशलाई अपराधमय बनाउन लागेका हुन ? यसको जवाफ चाहियो ।’ उक्त पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणको क्रममा फास्ट ट्रयाक लगायत जस्ता सम्झौता नर्गन पनि सचेत गराएको छ ।

‘भारतलाई फास्ट ट्रयाक बनाउने सम्झौता गरियो भने त्यो राष्ट्रघात र जनघात हुनेछ,’ न्यौपानले उक्त पत्रकारसम्मेलनमा भने, ‘त्यस्ता राष्टघाती सम्झौता नर्गन पनि प्रधानमन्त्रीलाई सचेत गराउँछौं।’ जनताको आधारभुत माग पूरा गराउन र भुकम्प पीडितलाई तत्काल राहत उपलब्ध गराउनका लागि पनि सो पार्टीले सरकारसमक्ष आग्रह गरेको छ ।

 

प्रकाशित: २६ भाद्र २०७३ ०७:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App