६ वैशाख २०८१ बिहीबार
खेल

रियल मड्रिड विजयी , बर्सिलोना आलाभेसँग स्तब्ध

मड्रिड–स्पेनिस ला लिगा अन्तर्गत शनिबार सम्पन्न खेलमा रियल मड्रिडले ओसासुनामाथि  सहज जित हात पार्दा बार्सिलोना भने नवप्रवेशी आलाभेसँग स्तब्ध भएको छ। शनिबार राति सम्पन्न खेलमा रियल मड्रिडले ओसासुनालाई ५–२ गोल अन्तरले पराजित गर्दा बर्सिलोना  भने आलाभेसँग २–१ गोल अन्तरले पराजित भएको हो ।

लामो समयको चोटपछि पहिलो पल्ट मैदानमा फर्किएका क्रिस्टियानो रोनाल्डोले खेलको छैठौ मिनेटमा गोल गर्दै  रियललाई सुरुवाती अग्रता दिलाएका थिए। त्यस्तै डानिलोले खेलको ४० औं मिनेट र कप्तान सर्जियो रामोसले पहिलो हाफको अतिरित्त समयमा गोल गर्दै रियललाई पहिलो हाफमा ३–० को अग्रता दिलाएका थिए।

खेलको दोस्रो हाफमा पनि रियलले आफ्नो दबदबा कायम राख्यो। खेलको ५६ औं मिनेटमा पेपे र ६२ औं मिनेटमा लुका मोर्डिकले गोल गर्दै रियललाई  ५–० को अग्रता दिलाएका थिए। ओसासुनाका रेइराले ६४ औं तथा गार्सियाले ७८ आंै मिनेटमा गोल गरेपनि त्यो खेलमा फर्कन प्रयाप्त भएन र खेल रियल मड्रिडले ५–२ ले जित्यो ।

बार्सिलोना भने घरेलु मैदानमा   नवप्रवेशी आलाभेससँग   २–१ गोल अन्तरले पराजित भएको छ । खेलको ३९ औं मिनेटमा गोल गर्दै बुरम सिल्भा ओकोस्टाले आलाभेसलाई सुरुवाती अग्रता दिलाएका थिए। तर खेलको ४६ औं मिनेटमा बार्सिलोनाका म्याथ्युले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए।

खेलको ६४ औं मिनेटमा गोमेज परेजले गोल गर्दै आलाभेसलाई २–१ को अग्रता दिलाएका थिए । त्यसपछि खेलमा कुनै गोल भएन र खेल आलाभेसले  २–१ गोल अन्तरले जित्यो । यस हारसँगै बार्सिलोना रियल मड्रिड भन्दा ३ अंकले पछाडि परेको छ ।

 

प्रकाशित: २६ भाद्र २०७३ ०७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App