coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुनको सिक्री निलेपछि...

विराटनगर– विराटनगर ९ स्थित राठीको सुनपसलमा ग्राहाक बनेर गएका एक व्यक्तीले सुनको सिक्री निलेपछि प्रहरीको फन्दामा परेका छन्। सक्कलीस“ग नक्कली सिक्री साट्ने उद्देश्यले ग्राहक बनेर आएका ति व्यक्तीले सिङ्गै सिक्री निलेको आरोप लागेपछि  प्रहरीले पक्राउ गरेको हो। 

इटहरी—२ का सुरजकुमार नेपाल शुक्रबार सा“झ ग्राहाक बनेर सिक्रि किन्न विराटनगरस्थित अरुण राठीको सुन पसलमा गएका थिए। उनले सिक्री सुहाएको वा नसुहाएको हेर्न गलामा लगाए र ऐना भएको ठाउ“मा गए। आफूलाई नसुहाए भन्दै सिक्री पसलेलाई दिए। सिक्री हेर्दा उस्तै भएपनि सक्कली साटेर नक्कली दिएको राठीको सुन पसलले आरोप लगायो। ग्राहक बनेर गएका व्यक्तीलाई खानतलासी गर्दा उनको साथबाट अर्को सिक्री भेटिएन। नेपालले सुन पसलमा गरेको व्यवहार सिसिटिभीबाट प्रत्यक्ष निगरानीसमेत भइरहेको थियो। सिसि क्यामराको फुटेजले शंका गर्ने स्थिति देखिएपछि राठीको सुन पसलले प्रहरीलाई खबर ग-यो। प्रहरीले घटनास्थलमा खानतलासी गरेपनि केही पत्ता लगाउन सकेन। तर, सुन पसलका सञ्चालकले ग्राहक बनेर आएका ति व्यक्तीले सक्कली  सिक्री निलेर नक्कली दिएको दाबी नछाडेपछि विराटनगरस्थित विराट अस्पताल लगेर भिडियो एक्सरे गरियो। अस्पतालमा भिडियो एक्सरे गर्दा उनको पेटमा धातु देखिएपछि एक्सरे गर्ने अस्पतालका डाक्टरहरूसमेत चकित भए। 

सुनको सिक्री निलेको आरोप लागेका सुरजलाई चिकित्सकको निगरानीमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता निशान थापाले जानकारी दिए। उनका अनुसार सुनको सिक्री निलेको आरोप लागेका व्यक्तीको एक्सरे गर्दा पेटमा धातु देखिएकाले चिकित्सकको निगरानीमा राखएिको हो। सुनको सिक्री नै निलेको हो भने स्वास्थ्यमा पनि समस्या आउनसक्ने भएकाले चिकित्सककै निगरानीमा राख्नु परेको थापाले बताए। ‘सुनको सिक्री निलेको आरोप लागेका ति व्यक्तीको  भिडियो एक्सरे गर्दा पनि पेटमा धातु देखिएकाले सिक्री बाहिर नआएसम्म स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले चिकित्सककै निगरानीमा राखिएको छ’, थापाले भने।

सिक्री बाहिर नआएसम्म मुद्दा चलाउन पनि नमिल्ने भएकाले आरोपितका बारेमा अनुसन्धानसमेत नभएको र उनलाई अस्पतालमै राखिएको थापाले बताए। चोरी नियन्त्रण गर्न नया“ प्रबिधिको विकास भइरहे पनि चोरी गर्नेहरूले प्रविधिलाई समेत छलेर नयाँ—नयाँ जुक्ती लगाउने गरेको पछिल्लो घटनाले देखाएको छ। 

प्रकाशित: १२ श्रावण २०७५ १४:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App