coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

शेयर बजारमा एक अर्ब बढीको कारोबार

काठमाडौं - धितोपत्र बजारमा यस साता रु १ अर्ब ६२ करोड ९१ हजार बराबरको शेयर कारोबार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता कूल १ सय ७९ कम्पनीको ३९ लाख ४५ हजार सात सय ६० कित्ता शेयर खरिद बिक्री भएका छन्। 

कारोबार रकम गत साताको भन्दा २७ दशमलव ४१ प्रतिशत कम हो। गत साता एक सय ८६ कम्पनीको रु एक अर्ब ४५ करोड ५१ लाख ५७ हजार बराबरका ४७ लाख ५४ हजार पाँच सय २० कित्ता शेयर खरिद बिक्री भएका थिए। 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९ दशमलव ५४ अंकले बढेर अन्तिम दिन एक हजार ९१० अंकमा पुगेको छ। यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा दुई दशमलव १० अंकले बढेर २५० दशमलव ९६ अंकमा पुगेको छ। 

यस साता कारोबार रकमका आधारमा नविल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको रु पाँच करोड ३० लाख ३० हजार बराबरको कारोबार भएको छ। त्यसैगरी कारोबार भएको सेयर संख्याका आधारमा मेगा बैंक अग्रस्थानमा छ। सो बैंकको एक लाख ३७ हजार कित्ता शेयर कारोबार भएको छ। 

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो। यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन। रासस

प्रकाशित: १२ श्रावण २०७५ ११:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App