८ वैशाख २०८१ शनिबार
राजनीति

'अाेलीजी तपार्इकाे पानी जहाजमा मलाइ पनि सँगै लानुस्' : काेइराला

शेखर काेइराला । फाइल तस्विर

बुटवल - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अाफुलाइ समेत अाेलीकाे पानी जहाजमा लैजान अाग्रह गरेका छन्।शनिबार बुटवलमा भएको कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रिय सदस्य रहेका कोइरालाले ओलीले मंसिरमा ल्याउने भनेको पानी जहाजमा आफुलाइ पनि सँगै लैजान आग्रह  गर्दै भने 'ओलीजी म पनि तपाइ सँगै मंसिरमा पानीजहाज चढन चाहान्छु’। काेइरालाले अगाडी थपे ‘प्रधानमन्त्री ओलीले पानी जहाज र रेलका कुरा गर्नुहुन्छ। गृहमन्त्रीले ठुला माछा छोप्छु भन्नुहुन्छ तर काम केही गर्नुहुन्न अनि बिरोध पनि गर्न पाइन्न भन्नुहुन्छ’। 

काेइरालाले सरकार एकात्मक शासन व्यवस्था अनुरुप चल्न खोजेको आरोप समेत लगाए। शान्ति र विकासका नाममा सरकार अधिनायकवादतर्फ उन्मुख हुन खोजेको आरोप लगाउँदै उनले प्रधानमन्त्री ओलीले देशमा मुर्दा शान्ति र मुर्दा विकास होस भन्ने चाहेको भन्दै लोकतन्त्रमा त्यो संभव नभएको बताए। ‘प्रधानमन्त्री ओलीजीले सरकारका कुनैपनि काम प्रति कसैले बिरोध गर्न पाइन्न भन्नुहुन्छ' काेइरालाले भने 'लोकतन्त्रमा त्यस्तो मुर्दा शान्ति र मुर्दा विकास जायज हुँदैन र सम्भव पनि छैन।'

सरकारलाइ संविधान अनुसार चल्न आग्रह गर्दै नेता कोइरालाले सभामुख र उपसभामुख एउटै पार्टीको हुनै नसक्ने बताए।

 

प्रकाशित: १२ श्रावण २०७५ १०:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App