भाषामा भाखा कसले मिलाउने ?

आइतबार, २६ भदौ २०७३, १२ : ३४ डा. शङ्करकुमार श्रेष्ठ

२०६५ माघ १५ गते हामीले सम्पादन गरेको र पैरवी प्रकाशनले छापेको १८४२ पृष्ठको अंग्रेजी–अंग्रेजी–नेपाली शब्दकोशको अग्रपृष्ठमा ‘नयाँ संवादको थालनी’ शीर्षकमा नेपाली भाषाको वर्तमान अवस्थाको शब्दकोशीय शल्यक्रिया गर्ने कोसिस गरेका थियौँ । हाम्रा कोसिसलाई साभार नगरी त्यसपछि केही पत्रपत्रिकामा भाषा सम्बन्धमा केही लेख प्रकाशित भएका थिए । हाम्रा भनाइका केही

खण्डलाई यहाँ यथारूप उतार गर्दै अहिले नेपाली भाषा सम्बन्धमा उठेका चर्चा–परिचर्चामा केन्द्रित रही यस आलेखमा केही सन्दर्भ उल्लेख गर्ने प्रयास गरिएको छ।
देवनागरी लिपिअन्तर्गतको नेपाली भाषाको वर्णमाला अंग्रेजीलगायत धेरै भाषाको वर्णमालाभन्दा सम्पन्न मानिन्छ । हामीसित १६ स्वरवर्ण र ३६ व्यञ्जनवर्ण मात्र नभएर ।ँ, ां, ा्र्, ा, ¥ जस्ता चिह्नगत लिपि विशेषबाट अक्षर जनिने र उच्चारण हुने धेरै दृष्टान्त छन् । उच्चारणमा ध्वन्यात्मक श÷स हुने वा लाग्ने स्वरूप दुईवटा र व्यञ्जनवर्णमा पेट काटेको ‘ख’ भनिए तापनि ‘षड्यन्त्र’ शब्द उच्चारणमा ‘स’ लाग्ने कारणले सो पनि ध्वन्यात्मक ‘स’ लाग्ने वर्णमाला हाम्रै हुन् । मिश्रित अक्षरीय स्वरूपका क्ष, त्र, ज्ञ पनि हाम्रै वर्णमालाका धरोहर हुन् । त्यस्तैै ह्रस्व र दीर्घका स्वरूपहरू तदनुरूप विविध छन्, तर आधिकारिक उच्चारण शैली रचना नभएका कारण हामीकहाँ उच्चारणअनुसारको लिपि रचना तथा लिपिगत संरचनाअनुसार उच्चारण ध्वनिमा विविधता र भिन्नताको समस्या वर्तमान परिचय बनेको छ।

नेपालको संविधानको धारा ७ मा ‘देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ’ भनिएको छ। मानकीकरणको डंका फुक्नुभन्दा पहिलेको र नेपालको जनबोली तथा लेखकीय मर्यादामा रहेको वर्तमान नेपाली भाषालाई सरकारी कामकाजको भाषा हो भनेर यसभन्दा अगाडिका संविधानमा पनि संवैधानिक हैसियत प्रदान गरिसकेको छ ।

उच्चारणअनुसार अक्षर लेख्दा ‘षड्यन्त्र’ नभएर ‘सडयन्त्र’ हुन्छ । अक्षर लेखनमा ‘व्यक्ति’ शब्दको उच्चारणमा ‘व् + यक्ति’ नभएर ‘ब् + यक्ति’ हुन्छ । त्यसरी नै लेख्दा ‘वक्तव्य’ लेखिन्छ, तर उच्चारणमा ‘बक्तब्य’ भनिन्छ । यी केही दृष्टान्त मात्र हुन् । व्यञ्जनको उच्चारण गरिँदा नाकथोप्ने ङ’, गोरुसिङे ‘ञ’, तीनधर्के ‘ण’, निहुरमुण्टे ‘न’ तथा राम्रो ‘म’ लाई शब्दअनुकूल चिह्नस्वरूपबाट प्रतिनिधित्व गर्ने ‘ाँ’ तथा ‘ां’ को उच्चारणमा विविधता र विचलन हुने गरेको तथ्यप्रति कोही पनि अनभिज्ञ छैनौँ । उदाहरणार्थ, ‘पंचायत’ शब्दलाई पङ्चायत, पञ्चायत, पण्चायत, पन्चायत वा पम्चायतमध्ये कुनचाहिँ शुद्ध उच्चारण गर्ने भनेर चिह्नअनुसार विकल्पहरू देखापर्नु भनेको आधिकारिक तथा औपचारिक उच्चारण शैली रचनाको अभाव हो । क वर्गमा ‘ङ’, च वर्गमा ‘ञ’, ट वर्गमा ‘ण’, त वर्गमा ‘न’ तथा प वर्गमा ‘म’ संकेत हुने प्रणालीको लेखन वा उच्चारण गरिँदा धेरै हदसम्म एकरूपताको अपेक्षा गर्नु कुनै विवाद नभएर आधिकारिक तथा औपचारिक पद्धतिको संवादको शुभारम्भ हो भन्ने हाम्रो मान्यता हो । क वर्गका अङ्क, शङ्कर, अलङ्कार, शङ, पङा, अङ्ग, गङ्गा, चङ्गा, सङ्घ, च वर्गका अञ्चल, चञ्चल, अञ्जली, पञ्जा, सञ्चार, कञ्चन, ट वर्गका अण्डा, झण्डा, बण्डा, चण्डी, त वर्गका अन्तर, अन्तरङ्ग, अन्तरात्मा, अन्तरिम, अन्तरे, अन्ती, जन्ती, शान्ति, अन्दाज, ग्रन्थि, चन्दा, अन्धभक्त, अन्न, आन्दोलन, आन्तरिक तथा प वर्गका कम्मर, कम्बल, खम्बा, चम्पा, सम्पत्ति, सम्पन्न, लम्पटजस्ता शब्दहरूको लेखन तथा उच्चारणमा आधिकारिक तथा औपचारिक रूपमा क्रमशः सैद्धान्तिक मान्यता दिँदै जाने हो भने वर्णमालाको संरचनामा सम्पन्न भएजस्तै प्रयोग रचनामा पनि एकरूपता हुने अपेक्षा स्वाभाविक हुन्छ । ‘हुन्छ’ लाई ‘हुञ्छ’ भन्न सकिने प्रयोग प्रविधि विकसित भइसकेको छैन । सैद्धान्तिक मान्यता तयार गरेर एकरूपता दिन सके यसमा कुनै आपत्ति हुने छैन, तर विद्यमान प्रयोग शैलीमा विचलनको सम्भावनाको डर रहन्छ भने केही अपवाद निश्चय छन् भनेर स्वीकार गर्नुपर्ने हुन्छ । अपवादलाई राज्यशक्तिले तदनुरूप नै मान्यता दिन सक्नुपर्छ । अंग्रेजीमा द्यगत को ‘बट’ र एगत को ‘पुट’ भएको उच्चारण भिन्नता अपवादका दृष्टान्त हुन् । अपवादरहित भाषा वा वर्णमालाको परिकल्पना गरिहाल्नु अहिले सम्भव छैन ।

त्यसरी नै आगन्तुक शब्दहरूलाई आफ्नो भाषामा प्रयोग गरिँदा त्यसको स्वरूपमा हेरफेर वा सुधार गर्ने अधिकार प्राप्त भए–नभएको औपचारिक तथा आधिकारिक जानकारी अद्यापि प्राप्त छैन । आगन्तुक शब्दहरूको आधिकारिक मूल स्वरूपमा परिवर्तत गरिँदा लेखन तथा उच्चारण विधि तथा प्रविधिमा आउने विचलनले साभार संस्कृतिप्रति तदनुरूप नै गम्भीर हुनु अहिलेको आवश्यकता हो । शब्दस्रोतको रूपमा रहेको भाषामा गरिनभ हेरफेर तथा त्यसबाट सिर्जित संरचनागत विचलनलाई मान्यता दिन्छ वा दिँदैन भनेर सोच्नु पनि अन्यथा हुने छैन । ‘शहीद’ शब्दलाई ‘सहिद’ बनाएर शहादत गर्ने हक कसैलाई हुँदैन । अंग्रेजी भाषाको बेलायती र अमेरिकी प्रयोगमा रहेको भिन्नता स्वीकार्य भएजस्तै हामीकहाँ गरिएको हेरफेर र सुधार स्वीकार्य हुनका निम्ति त्यसलाई आधिकारिकता प्रदान गर्न राज्यशक्ति तयार हुनुपर्ने हुन्छ।

आकृष्ट, कष्ट, स्पष्टजस्ता शब्दको प्रचलन सँगसँगै प्रस्ट र छरपस्टजस्ता शब्दहरू प्रयोगमा ल्याउन हामी पछि परेका छैनौँ । संरचनागत स्वरूप र उच्चारणमा एकरूपता ल्याउन राज्यशक्ति मौन रहनु भनेको दुःखद् हो । राज्यशक्तिको यस्तो निरीह तथा निरपेक्ष व्यवहारले भाषा क्रमशः कमजोर हुँदै जान्छ र यसको प्रयोगमा दुध र दूध, कानून र कानुन, सम्भव र संभवजस्ता दुवै स्वरूपको समान प्रयोग हुने विद्यमान अवस्थाको निरन्तरता स्वाभाविक लाग्नेछ । नेपाली भाषाको वर्णमालाअनुकूलताको सम्पन्नता लेखन तथा उच्चारण शैली रचनामा पनि विकसित गर्न आधिकारिक तथा औपचारिक विधि तथा प्रविधिको माग गर्न शुभारम्भ गरिएको संवादको थालनीचाहिँ अवश्य पनि हो।

अहिले नेपाली भाषा सुधारका नाममा नयाँ मानकीकरण गर्ने धृष्टताले भाषालाई सग्ल्याएको, होच्याएको वा विवादको सँघारमा उभ्याएर बिटुल्याएको छ भनेर चर्चा गर्नु अन्यथा हुने छैन । भाषा कुनै व्यक्ति वा विज्ञको बपौती होइन । जनबोलीले स्वीकारेका शब्दोच्चारणलाई नेपाल प्रज्ञा प्रतिष्ठानको कोठे बैठकको निर्णय वा आफूलाई प्रगतिशील भन्ने कुनै मन्त्रीको आदेशले परिवर्तन गर्न सक्दैन । समाजशास्त्रीय मान्यतामा बल प्रयोग गरेर परिवर्तन गराउँछु भन्ने दुस्साहस कसैले गर्नु हुँदैन । हिज्जे सुधारको नाममा जिब्रोलाई अंग्रेजीकरण शैलीमा फट्कार्न लगायौँ भने हिन्दी, मैथिली, भोजपुरीजस्ता भाषामा प्रयोग गर्ने गरिएको हुँदा देवनागरी लिपि त मर्ने छैन, तर यसको मारमा परेर नेपाली भाषाको अन्त्येष्टिको चाहिँ तयारी गरे हुन्छ । अनि हिज्जे विकृतिका नाममा भानुभक्तले लेखेका रामायण कतै लगेर थन्काउनुपर्ने हुन्छ।

नेपालको संविधानको धारा ७ मा ‘देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ’ भनिएको छ। मानकीकरणको डंका फुक्नुभन्दा पहिलेको र नेपालको जनबोली तथा लेखकीय मर्यादामा रहेको वर्तमान नेपाली भाषालाई सरकारी कामकाजको भाषा हो भनेर यसभन्दा अगाडिका संविधानमा पनि संवैधानिक हैसियत प्रदान गरिसकेको छ । अब अंगे्रजी शैलीमा हिज्जेकरण गर्ने कोसिसले भाषाको संवैधानिक हैसियतमा कुनै परिवर्तन हुने छैन भनेर भनिरहनु नपर्ला । सार्क मुलुकमा अदालतमा बहस र पैmसला आफ्नै भाषामा प्रयोग गर्ने देश नेपाल मात्र हो । साथै, संविधानको धारा २८७ बमोजिम प्रदेशहरूको प्रतिनिधित्व हुने ‘भाषा प्रयोग’ निमित्त एक भाषा आयोग बन्ने प्रस्ताव गरिएको छ । यसले पनि नेपालमा प्रचलनमा रहेका भाषाहरूको खोजी गरेर भाषा भण्डारलाई समृद्ध गरिने विश्वास लिन सकिन्छ । स्मरण रहोस्, नेपालका प्रदेशहरूमा प्रयोग हुने धेरै भाषा पनि देवनागरी लिपिमा नै लेखिएका पाइन्छन् ।
नयाँ मानकीकरण भनेको भाषालाई सुधार र समृद्ध गर्नको लागि गरिन्छ, तर द्य, ज्ञ, क्ष, त्र जस्ता संयुक्ताक्षर हटाउने प्रस्ताव गर्ने हो भने यसले भाषालाई क्षयीकरण गर्ने पक्का छ । यी अक्षर वा वर्णहरू कुनै तथाकथित भाषाविद्ले बनाएका होइनन् र अरु लिपिमा लेखिने भाषाले यस्ता वर्णहरू प्रयोग गर्न पाउने भाग्य पाएकै छैनन् । वर्ण, वर्णविन्यास वा वर्णमालाको रचना भनेको कुनै पनि भाषाको धरोहर हो । सुधार गर्ने हो भने भाषालाई धनी बनाउँदै लैजानुपर्छ । क्षयीकरण गर्दै जाँदा कतिपय वर्ण तथा शब्दको अर्थ र प्रयोग नै लुप्त हुनेछन् । उदाहरणार्थ, स्वरवर्णमा सूचिकृत ‘लृ’ को प्रयोग कुन शब्दमा प्रयोग गरिन्थ्यो भनेर खोजिनुपर्छ । पदयोग र पदवियोगको खेल भनेको ‘बाघचाल’ होइन । थप उदाहरण खोजिँदा वर्णमालाबाट ‘ण’ हटाउने हो भने ठकुरी ‘राणा’ हरू अब ‘राना’ थर लेख्ने मगर जाति हुने भए। धेरै स, श, ष रहेको बहानामा ‘श’ वर्णलाई वर्णमालाबाट हटाइँदा मैले आफ्नो नाम ‘शङ्कर’ को सट्टामा ‘सङ्कर’ लेख्नुपर्दा मैले कहीँ हीनताबोध गर्नुपर्ने त होइन ? संयुक्ताक्षरलाई हटाउँदै जाने दुस्प्रयास गर्दै जाने हो भने ‘श्री’ को अर्थ र मर्म नै मर्न जाने भयो । संयुक्ताक्षर ‘श्र’ हटाउने हो भने मैले आफ्नो थर ‘श्रई’ भनेर लेख्नुपर्ने त होइन ? यसबाट कतिका ‘श्री’ समाप्त हुन्छ भनेर यकिन गर्न कठिन छ । सबभन्दा महŒवपूर्ण कुरा हिन्दुत्वमा अति नै पवित्र मानिने हरेक मन्त्रको मूल अक्षर ‘ॐ’ नै समाप्त हुनेछ । यसको अर्थ अब हाम्रा पवित्र मन्त्रहरू समाप्त गरिने षड्यन्त्र सुरु भएको त होइन ? कहीँ यो मानकीकरण हिन्दुत्वको मूल्य र मान्यताविरुद्ध थालिएको कूटनीतिक चलखेल त होइन ? एकपटक गम्भीर भएर सबैले सोच्नुपर्ने अवस्था आएको छ !








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad