८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भारतमा बस दुर्घटना, कम्तीमा ३३ जनाकाे मृत्यु

गन्तव्य स्थल जानुअघि दुुर्घटनामा परेका यात्रुहरुकाे सामुहिक तस्विर । तस्विर : भारतीय सञ्चार माध्यम

रायगढ - भारतको महाराष्ट्र स्थित रायगढ जिल्लामा आज (शनिबार) भएको बस दुर्घटनामा कम्तीमा ३३ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन। प्रहरीले दिएको जानकारी अनुसार उक्त बस दापोली कृषि विश्वविद्यालयबाट पिकनिकका लागि महाबलेश्वर जाँदै गर्दा अम्बेनाली घाट नजिकै सडकबाट करीब ५ सय फिट तल खसेको थियो।

प्रहरीले उक्त बसमा ३५ यात्रु सवार भएको हुन सक्ने अनुमान गरेको छ। दुर्घटनाबारे बसबाट हाम फाल्दै ज्यान बचाउन सफल भएका एक व्यक्तिले जानकारी गराएका थिए। बस सडकबाट तल रहेको खोल्सामा खस्दा उद्धारमा समस्या भईरहेको एक प्रहरी अधिकारीले बताए। दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन। 

 

प्रकाशित: १२ श्रावण २०७५ ०९:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App