विश्वलाई शान्तिको दिशामा दोहोर्‍याउने बुद्धदर्शन : प्रधानमन्त्री

शनिबार, १२ साउन २०७५, १४ : ०० नागरिक

काठमाडाैं- धम्मावती गुरुमाँको ८५ औँ शुभजन्मोत्सवको अवसरमा यहाँको नघलस्थित धर्मकीर्ति विहारले विहार परिसरमा सप्ताहव्यापी अभिधर्म पाठको आयोजना गरेको छ। 

अभिधर्म पाठको अन्तिम दिन आज प्रधानमन्त्री केपी शर्मा ओली धर्मकीर्ति विहार पुगेर बौद्धविद्धान धम्मावती गुरुमाँको ८५ औँ शुभजन्मोत्सवका अवसरमा उहाँलाई शुभकामना व्यक्त गर्दै सुस्वास्थ्यको कामना गरे। 
त्यस अवसरमा प्रधानमन्त्री ओलीले धम्मावती गुरुमाँलाई बुद्धको प्रतिमुर्ति प्रदान गरे। 

प्रधानमन्त्री ओलीले ५५ वर्षअघि स्थापना भएको बौद्ध परियती शिक्षामा १० कक्षा उत्तीर्ण गरेका एक सय ५० जना गुरुमाँ तथा उपासक उपासिकालाई सम्मान गरे। 

उनले भिक्षु बोधिज्ञानबाट प्रवचन दिँदै अशान्तपूर्ण अहिलेको युगमा विश्वलाई शान्तिको दिशामा दोहोर्‍याउन बुद्धदर्शन ग्रहण गर्नुपर्नेमा जोड दिए। 

नेपालमा महिला शिक्षामा जागरण ल्याउने धम्मावती गुरुमाँको ८५ बर्ष प्रवेशको उपलक्ष्यमा उनलाई शुभकामना दिन उपासक उपाशिका तथा शुभेच्छुकहरुको विहारमा ठूलो भीड लागेको छ। 

जहाँनिया राणाको कठोर शासनकालमा शिक्षा आर्जन गर्ने तथा बुद्ध धर्मको बारेमा ज्ञान हासिल गर्ने उद्देश्यले विसं २००६ सालमा बर्माको राजधानी रंगुन पुगेका बौद्धविद्धान धम्मावती गुरुमाँ आजदेखि ८५ बर्षमा प्रवेश गरेकाे हाे।

महिलाले अक्षर पढ्न हुँदैन भन्ने त्यसबेलाको सामाजिक बन्धनलाई तोडेर महिनौं दिन हिंडेर रंगून पुगेका धम्मावतीले बर्मामा (हालको म्यान्मार) बुद्ध धर्मको गहन अध्ययन गरेका थिए। म्यानमारका प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीले पनि उहाँलाई गुरुको रुपमा सम्मान गर्दै आएका छन्। रासस








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad