coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

टोकियोमा सम्झिइए वीपी

टोकियो— जापानस्थित नेपाली काँग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति जापानले जननेता वीपी कोइरालाको १०३ औं जन्मजयन्ती भव्य रूपमा मनाएको छ।

समितिले शुक्रबार टोकियोमा 'वीपीविचार र वर्तमान नेपालको राजनीतिमा यसको अपरिहार्यता' विषयक गोष्ठी आयोजना गरेको थियो।

जनसम्पर्क समिति जापानका नवनिर्वाचित सभापति डण्डपानी कँडेल (डीपी) को सभापतित्वमा आयोजित कार्यक्रममा जापानस्थित क्रियाशील विभिन्न पार्टीका प्रवासी भातृसंगठनका अध्यक्ष तथा प्रतिनिधिहरू, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व, व्यवसायी, बुद्धिजीवी, पत्रकार, मजदुर, विद्यार्थी लगायतको उल्लेख्य उपस्थिति थियो।

जनसम्पर्क समिति जापानमा देखिएको भनिएको विवादका सन्दर्भमा बोल्दै सभापति कँडेलले सहमति र सहकार्यको अर्को विकल्प नभएको उल्लेख गरे। 'सहमतीका सबै विकल्पहरुमा छलफल गर्न म तयार छु', उनले भने।

कार्यक्रममा काँग्रेस महाधिवेशन प्रतिनिधि सुभाष लोहनीले वीपीको सम्झनामा मात्र नअल्झिइ उनको सपना पूरा गर्न सके मात्र वीपीको विचारले सार्थकता पाउने बताए। जनसम्पर्क समिति भित्रको सानातिना मतभेदहरू बाहिर आउँदा वीपीको मेलमिलापको सिद्धान्तको हामी आँफैले खिल्ली उडाइरहेको जस्तो देखिएको भन्दै उनले सहमति र सहकार्यमा आउन असन्तुष्ट पक्षलाई आग्रह गरे।

कार्यक्रममा बोल्दै जनप्रगतिशील मोर्चा जापानका सल्लाहकार बेलुकाजी थापाले वीपी कोइराला नेपाली प्रजातान्त्रिक आन्दोलनको शिखरपुरूष भएको उल्लेख गरे। नेपाली काँग्रेसको मात्र नेता नभई सबै परिवर्तनकारी शक्तिहरूको साझा नेता भएको उनले बताए।

कार्यक्रममा ओनो,जापानका अध्यक्ष रघुद्धिप खड्का, नयाँ शक्ति नेपाल पार्टी सम्वद्ध अन्तर्राष्ट्रीय नेपाली समाज जापानका सह-संयोजक चण्डिका अम्गाई,जनसम्पर्क समिति जापानका पूर्व केन्द्रीय सदस्य विनोद खनाल, बुद्धिजीवी गणेश नेपाल, अनेसास जापानका कोषाध्यक्ष श्रवण सत्याल, बिहुँकोट समाज जापानका अध्यक्ष देवीलाल सुवेदी,कास्की पोखरा समाज जापानका अध्यक्ष शिव पौडेल वीपीका फरक आयमबारे प्रकाश पारेका थिए।

कार्यक्रममा गैह्र-आवासीय नेपाली संघ जापानका उपाध्यक्ष टासी लामा,गल्कोट समाज जापानका वरिष्ठ उपाध्यक्ष दिलु खत्री, एनआरएनए अभियन्ताहरू सरोज खत्री, लिल गुरूङ, नेपाल तरूण दल मनाङका अध्यक्ष छेवाङ नोर्बू लामा, तरूण दलकै निकेश श्रेष्ठ, जनसम्पर्क समिति, कान्तोका निवर्तमान क्षेत्रीय सभापति प्रेम कँडेल, कान्तो क्षेत्रीय सचिव विमान सिंह तामाङ लगायत बिभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको उपस्थिति थियो।

कार्यक्रमको समापन मन्तव्यका क्रममा सभापति डिपि कँडेलले वीपीविचार नै नेपाली राजनैतिक इतिहासको उत्कृष्ट विचार भएको औंल्याए। जननायक कोइरालाको सपना पूरा गर्नेतर्फ सबै लाग्नुपर्ने भन्दै उनले समाजवाद र लोकतन्त्रका लागि कोइरालाले छोडेर गएको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेक उल्लेख गरे।

जनसम्पर्क समिति जापानमा देखिएको भनिएको विवादका सन्दर्भमा बोल्दै सभापति कँडेलले सहमति र सहकार्यको अर्को विकल्प नभएको उल्लेख गरे। 'सहमतीका सबै विकल्पहरुमा छलफल गर्न म तयार छु', उनले भने।

कार्यक्रममा कार्यसमिति सदस्य राम बहादुर कार्कीले स्वागत मन्तव्य दिएका थिए। महामन्त्री रामजंग कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए।

 

प्रकाशित: २६ भाद्र २०७३ ०६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App