coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

एक लाख घुस सहित सव ईन्जिनियर पक्राउ

गुल्मी – गुल्मीमा एक सव ईन्जिनियर १ लाख घुस सहित पक्राउ परेका छन्। जिल्लाको एक सडकको काम हेर्ने शव ईन्जिनियर सेवाग्राहीबाट १ लाख घुस लिदै गरेको अवस्थामा शनिबार बिहान रंङ्गेहात पक्राउ परेका हुन्।

तम्घास सिमलटारी प्युठान सडक आयोजनामा काम हेर्ने शव ईन्जिनियर प्रकाश झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय बुटवलको टोलीले रंङ्गेहात पक्राउ गरेको हो। 

सदरमुकाम तम्घासको बसपार्कमा डेरा गरी बसेका उनले शनिबारको दिन पारेर निर्माण कार्यमा संलग्न व्यवसायीलाई ‘रनिङ्ग विल’ भुक्तानीका लागि १ लाख घुस मागी भुक्तानी दिन बोलाएका थिए।

उक्त कुराको सुचना प्राप्त गरी बुटवलबाट आएको टोलीले उनको कोठामा छापा मारेको थियो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय बुटवलबाट आएको टोलीका एक सदस्यले जानकारी दिएका छन। 

प्रकाशित: १२ श्रावण २०७५ ०८:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App