८ वैशाख २०८१ शनिबार
समाज

अस्तव्यस्त सडक, दर्जन बढी घर जोखिममा

मार्तडी नजिकै भत्केको साँफे मार्तडी सडक।    तस्बिरःकृष्ण/नागरिक

बाजुरा – तीनदिन देखिको लगातारको बर्षाले बाजुराको जनजीवन त्रसित बनेको छ। भिरालो र पाखो जमिनका बस्तीहरूमा पहिरोको जोखिम बढेको छ भने सडक बाटो अवरुद्ध हुँदा आवत जावत रोकिएको छ। पहिरोकै कारण दर्जनौ बस्तीहरू जोखिममा परेपछि जनजीवन त्रसित बनेको हो। 

साँफे मार्तडी सडक अन्र्तगत बल्देदेखि मार्तडीसम्मको आवत जावत रोकिएको छ भने मार्तडी कोल्टी, मार्तडी, आटीचौर र गौमुल लगायतका क्षेत्रको आवत जावतपनि अवरुद्ध भएको छ। वर्षाले ठाउँ ठाउँमा पहिलो गएको र घर माथिबाट पहिलो बग्ने र घर भत्किने क्रम बढेपछि सर्वसाधारण त्रसित बनेका छन्।

बर्षाकै कारण मार्तडी नजिकै पर्ने मालिका मन्दिर आसपासका २ वटा घर भत्किएको र आधा दर्जन बढी उच्च जोखिममा रहेको प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिएका छन्। बोहराका अनुसार मार्तडी बजार क्षेत्र भित्रै बडिमालिका बोडिङ स्कुलको पर्खाल भत्किएको छ भने जिल्ला जनस्वास्थ्य कार्यालयको पुरानो भवन चर्किएरको छ।

त्रिवेणी नगरपालिकाको मालाकोटमा १ घर भत्किएको र ७ वटा घर उच्च जोखिममा छन्। ती सबै परिवारले घर छोडिसकेका छन्। यस्तै बडिमालिका नगरपालिका–९ उखाडीको सिंगो २० बढी परिवारको बस्ती उच्च जोखिममा परेको छ। खप्तड छेडेदह गाउँपालिका ७ गुम्लागाउँका ४२ परिवारले घर छोडेका छन्। 

यता सोही गाउँपालिका ६ नाइनाका २२ परिवारले पनि राती घरमा सुत्न छोडेको स्थानीय दिपक नाथले बताएका छन्। पहिरोका कारण बडिमालिका नगरपालिका ७ जिल्ली, सिराडी, नगरपालिकाको १ पाटाका सयौ परिवार जोखिममा छन्।

मानवीय क्षति नभएपछि भौतिक रुपमा बाटो, घर, सडक सिँचाई कुलो भत्किएर लाखौंको नोक्सानी भएको प्रहरीले बताएको छ। गाई गोरु चरिचरनमा समस्या देखिएको छ भने पशुपालक किसानलाई घाँसपात गर्न समेत मुस्कील बनेको छ। पुराना र जिर्ण बन्दै गएका संरचना भत्किएको र चर्किएको भन्ने खबर आएको प्रहरी नायव उपरीक्षक बोहराको भनाई छ।  

डोजरको प्रयोग गरिएका सडकमा बढी क्षति भएको पाइएको छ। भत्कीने कार्य पनि ती क्षेत्रमा बढी देखिएको छ। कालोपत्रे गरिएको साँफे मार्तडी सडक मार्तडी बजार क्षेत्र नजिकै पूर्ण रुपमा क्षति भएको छ। पहिरोको उच्च जोखिममा रहेका परिवारलाई सचेत भएर बस्न र सतकर्ता अपनाउन प्रहरी प्रशासनले आग्रह गरेको छ।

मुसलधारे वर्षाका कारण हुन सक्ने क्षतिलाई मध्यनजर गरी सबैले आ आफ्नो क्षेत्रबाट सुरक्षाका लागि तयारी अवस्थामा बस्नु पर्ने सुझाव दिएको छ। यस्तै मार्तडी बजार क्षेत्र भित्र दुनिहाट बजार र खेलकुद आसपास क्षेत्रका घरमा पानी पसेपछि बस्नलाई असहज भएको छ।

प्रकाशित: १२ श्रावण २०७५ ०७:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App