गुणथिलकामाथि प्रतिबन्ध

शनिबार, १२ साउन २०७५, ११ : ०९ नागरिक

कोलम्बो – श्रीलंका क्रिकेट बोर्ड (एसएलसी)ले शुक्रबार खेल भावना विपरित व्यवहार गरेको भन्दै ओपनर धनुस्का गुणथिलकामाथि ६ खेलको प्रतिबन्ध लगाएको छ।

श्रीलंकाली टोली बसेको होटलमा गत आइतबार भएको बलत्कारको घटनामा प्रहरीले गुणथिलकासँग सोधपुछ गरेको थियो। गुणथिलकाका साथी सन्दिप जुडे सेलेहालाई प्रहरीले होटलमा एक नर्वेजियन महिलामाथि बलात्कार गरेको भन्दै पक्राउ गरेको थियो। होटलका सुरक्षा गार्डले आइतबार गुणथिलका र उनका साथी दुई नर्वेजियन महिलाका साथ होटलमा आएको प्रहरी बयनमा बताएपछि उनीहरु दुवैलाई नियन्त्रणमा लिइएको थियो। यद्धपी प्रहरीले गुणथिलकासँग घटनाका बारेमा सोधपुछ मात्र गरेको र उनी दोषी नरहेको प्रस्ष्ट पारिसकेको छ।

तर एसएलसीले भने गुणथिलकाले सम्झौता विपरित व्यवहार गरेको भन्दै उनमाथि ६ खेलको प्रतिबन्ध लगाएको हो। एसएसलीको नियम अनुसार अनुमतीविना खेलाडी होटल बाहिर निस्कन पाउदैनन्। यसैगरी उनीहरुले कुनै पनि व्यक्तिलाई होटलमा लान पाउदैनन्।

‘श्रीलंका क्रिकेट बोर्डले खेल भावना विपरित व्यवहार गरेको भन्दै ओपनर धुनस्का गुणथिलकामाथि ६ खेलको प्रतिबन्ध लगाउने निर्णय गरेको छ,’ एसएलसीले जारी गरेको विज्ञप्त्तीमा भनिएको छ।

प्रतिबन्धमा परेका गुणथिलकाले दक्षिण अफ्रिकाविरुद्धको पाँच एक दिवसीय शृंखला र एक मात्र ट्वान्टी–२० शृंखला गुमाउने छन्। श्रीलंकाले दक्षिण अफ्रिकाविरुद्धको शृंखला १२ वर्षपछि क्लिन स्विप गरेको थियो।

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad