coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बाढीका कारण म्यानमारका हजारौँ विस्थापित

तस्बिर : एजेन्सी

म्यानमार -  म्यानमारमा आएको बाढीका कारण हजारौँ विस्थापित भएको अधिकारीहरूले जनाएका छन्।बाढी प्रभावितहरूलाई स्वयमसेवक तथा उद्धारकर्ताहरूले राहत तथा सहयोग उपलब्ध गराएका छन्।

अत्यधिक बर्षापछि आएको बाढीले कारेन र मोन प्रदेश तथा बागो क्षेत्र डुवानमा परेको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् ।“हपा अनका झण्डै छ हजार जना विस्थापित भएका छन् भने म्यावाडीबाट झण्डै चार हजार जना विस्थापित भएका छन्,” कारेन प्रदेशका प्रहरी प्रमुख कि लिनले एएफपीलाई बताए।

थाइल्याण्डसँगको सिमा क्षेत्रमा पर्ने अरु ठाउँहरूमा पनि बाढीको प्रभाव परेको समाचारमा जनाइएको छ ।म्यानमारको समाजकल्याण मन्त्रालयले झण्डै १६ हजार जना विस्थापित भएको जनाएको छ । करेना प्रदेशको आठ ठाउँका बासिन्दा बढी प्रभावित भएको प्रहरी अधिकारीहरूको भनाई छ।

मोन प्रदेश र बागो क्षेत्रका के कति जना प्रभावित भएका छन् भन्ने बारेमा भने अहिले सम्म एकिन नभएको बताइएको छ। रासस

प्रकाशित: १२ श्रावण २०७५ ०४:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App