पहिरोले जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध

शनिबार, १२ साउन २०७५, ०७ : ३५ नागरिक

जाजरकोट – निरन्तर परेको अविरल वर्षाले जिल्ला सदरमुकाम खलंगाको सडक अवरुद्ध भएको छ। 

पहिराले सडक भत्काएपछि खलंगामा मोटरसाइकलसमेत चल्न सकिरहेका छैनन्। यातायातका साधन चल्न नसकेपछि यात्रु पैदल हिँड्न बाध्य छन्। जाजरकोट–डोल्पा सडकखण्डका विभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको हो।

शान्तिचौतारा बसपार्क नजीकै रहेका खहरेकोला, ठाँटीबजार, सिमलगैरीलगायत ठाउँमा पहिरो जाँदा आवतजावत गर्न समस्या भएको छ। गाउँबाट सदरमुकाम आउने र सदरमुकामबाट बाहिर जाने यात्रु पैदल हिँड्न बाध्य भएका छन्। वर्षात्मा हुने सडक अवरोध खोल्नका लागि भेरी नगरपालिकाले विपद् व्यवस्थापन कोषबाट दुई लाख २६ हजार भुक्तानी दिने गरी तीन महीनाका लागि स्काभेटर भाडामा लिएको छ। तीन महीनाका लागि भाडामा लिइएको स्काभेटरको समयावधि एक महीना बितिसकेको भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलवासेले जानकारी दिए। 

एक महिनामा उक्त स्काभेटरले वडा नं. १ को कालेगाउँ, २ को रिसाङ–तातोपानी, ४ का फूलबारी र कारागार रोड, ५ र ६ का बोहरा, छिप्रेना नेटीबजार रोड र वडा नं. ८, ९ र १० को भुर–स्याउली रोडमा माथिबाट आएको पहिरो फाल्ने काम गरेको प्रमुख प्रशासकीय अधिकृत बेलवासेले बताए। 

खलंगा र खलंगा–पाँचकाटिया सडकलाई सडक डिभिजन कार्यालय रुकुम चौरजहारीले हेरिरहेको हुँदा उक्त सडकको भत्किएका संरचना नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट बन्न नसक्ने नगरपालिकाका प्राविधिकको भनाइ छ। अवरुद्ध सडकलाई तत्काल सञ्चालन गर्नलाई सडक डिभिजन कार्यालय रुकुम चौरजहारीले नै गर्नुपर्ने सदरमुकामवासीले माग राखिरहेका छन्। सडक विभागले निर्माण गरेका सडकमा पर्खाल राम्रोसँग निर्माण नगर्दा ठाउँ ठाउँमा पहिरो गएको हो। रासस







यसमा तपाईको मत


अन्य समाचार

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यदि तपाईंले प्रयोग गर्ने पासवर्ड पनि यही सूचीमा भेटाउनु भयो भने चाडैं नै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ...

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स...

बर्जरको वेदरकोट लङ्गलाइफ

बर्जरको वेदरकोट लङ्गलाइफ

पियू र सिलिकन प्रविधि प्रयोग गरिएको यसले घामपानी छेक्ने १० वर्ष टिक्ने कम्पनीको दाबी रहेको छ । ...

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बीमा ...

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीतका स्रष्टा आफैले गर्ने गरेका छन् । ...

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...