coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

१६ बालकको उद्धार

खजुरा बाँके - जोखिमपूर्ण रुपमा भारतका विभिन्न ठाउँ लान लागिएका १६ बालकको उद्धार गरिएको छ। नेपालगन्ज जमुनाहा नाकामा भारतीय सिमा सुरक्षा बल एसएसबीले बिहीबार साँझ ती बालकलाई उद्धार गरी बाँके प्रहरीको जिम्मा लगाइएको छ। 

रोजगारीका लागि उत्तराखण्ड लगिरहेको अवस्थामा चेकजाँचका क्रममा थाहा पाएर उनीहरुलाई उद्धार गरिएको हो। यसैगरी मानव तस्करीको आरोपमा एसएसबीले ६ जनालाई पक्राउ समेत गरेको छ। पक्राउ पर्नेमा कृष्णबहादुर नेपाली, अम्बरलाल, चेतबहादुर, तुलबहादुर, मानबहादुर र लल्लु विक रहेका छन्। उनीहरुलाई आवश्यक कारबाहीका लागि बाँके प्रहरीलाई बुझाइएको छ । रासस

प्रकाशित: ११ श्रावण २०७५ १२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App