१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

काठको पोल विस्थापित गर्न ३ अर्ब आवश्यकः मन्त्री पुन

काठमाडौं – उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले विद्युत सेवालाई सुरक्षित, विश्वासीलो र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिएका छन्।

शुक्रबार सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको चौथो वार्षीक उत्सव कार्यक्रममा बोल्दै मन्त्री पुनले विद्युत सेवा भरपर्दो हुनुपर्ने बताए। नांगो तार र काठको पोलका कारण करेण्ट लागेर मृत्यु हुने र घाइतेको संख्या बढिरहेको भन्दै मन्त्री पुनले यसमा गम्भीर बन्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए। पुनले काठका पोल विस्थापित गर्न ३ अर्ब बजेट आवश्यक रहेको भन्दै त्यसको प्रस्ताब छिट्टै मन्त्रिपरिषदमा लग्ने जानकारी दिए।

‘वर्षा याममा काठको पोलका कारण दुर्घटना धेरै भइरहेको छ, काठका पोल विस्थापित गर्ने बारेमा मैले प्रधानमन्त्री ज्युलाई समेत जानकारी गराइसकेको छु, उहाँले मलाई अनुमति दिइसक्नु भएकोले यो प्रक्रिया छिट्टै अघि बढ्छ, पुनले भने। उनले यसका लागी बजेटको समस्या समेत नभएको बताए।

पुनले गुणस्तरीय काम भए÷नभएको बारेमा अनुगमन गर्न समेत कर्मचारीलाई निर्देशन दिएका थिए। ‘मैले सुनेको छुु १ जना निर्माण व्यवसायीले नै ७४ ठेक्का आफै लिनुभएको छ, उहाँहरूले प्रतिस्पर्धा गरेर लिएपनि काम भने गुणस्तरीय हुनुपर्छ, उनले भने। मन्त्री पुनले समयमै काम सक्न अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

नेकपाका नेता समेत रहेका मन्त्री पुनले उर्जालाई सहभागितामुलक बनाउने दाबी समेत गरे। मन्त्रालयले ३ हजार मेगावाट बिजुली उत्पादन गर्ने गरी १६ आयोजनाको छनौट गरिसकेको जानकारी दिँदै मन्त्री पुनले त्यसमा सहयोग गर्न आग्रह समेत गरे।

 

प्रकाशित: ११ श्रावण २०७५ १०:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App