अधिकार मिच्दैै स्थानीय सरकार, अदालतमा मुद्धाको ओइरो

शुक्रबार, ११ साउन २०७५, १५ : ५३ मिथिलेश यादव

लहान - पशुपती आदर्श माध्यमिक विद्यालय लहानका निमित प्रधानाध्यापक परमेश्वर राय आर्थिक अनियमितताको मुद्धामा हटाइए । उनको स्थानमा लहान नगरपालिकाका मेयर मुनी साह सुडीले शिक्षक रामकुमार साहलाई निमित प्रधानाध्यापक  तोकिदिए। बिद्यालयको निमित प्रअ नियुक्त गर्ने अधिकार मेयर(नगर प्रमुख) लाई नभएको भन्दै शिक्षक अरुणकुमार गिरीले उच्च अदालत जनकपुरमा रिट दर्ता गराए। गिरीको रिट उपर अन्तरिम आदेश जारी गर्दै न्यायधिश राकेशकुमार निधीको एकल इजलासले नगर प्रमुखलाई विद्यालयको प्रअ नियुक्त गर्ने अधिकार कानूनले प्रदान नगरेको उल्लेख गर्यो। 

लहान–१९ मा रहेको जनता माध्यमिक विद्यालय सोनमती मझौरामा विद्यालय व्यवस्थापन समितिले रिक्त शिक्षक पदपुर्ती गर्न लाग्दा नगर प्रमुख मुनी साह सुडीले पत्रमार्फत पदपुर्ती रोक्न भने। समितिका अध्यक्ष शत्रुधन मण्डल पदपुर्ती गर्न पाउनुपर्ने भन्दै उच्च अदालत, राजविराजमा निवेदन दर्ता गराए। निवेदन उपर न्यायाधिशद्वय दयानाथ खरेल र बबिता उप्रेतीको इजलासले विपक्षीबाट कुनै किसिमको हस्तक्षेप नगर्नु, नगराउनु भनि  अन्तरिम आदेश जारी गर्याे ।

यी त केहि प्रतिनिधी घटनाहरुमात्रै भए। यस्ता कैयन निर्णयहरुमा स्थानीय सरकारले प्रचलीत कानुनलाई मिच्दै अगाडी बढीरहेको छ। 

स्थानीय सरकारले प्रचलित कानुन मिचेर गरिरहेको काम कारबाहीलाई कानुनका जानकारहरु बिडम्बना भन्छन्। कतिपय जनप्रतिनिधिले कानुनी व्यवस्थाबारे जानकार नभएर कानुन विपरित काम गर्दै आएका छन भने कतिपयले स्थानीय सरकार र बहुमतको दम्भमा एकल निर्णयहरु लिइरहेका छन्। 

अधिवक्ता तथा समाजिक अभियन्ता सुनिल कुमार साहका अनुसार स्थानीय तहका जनप्रतिनिधिमा कार्यक्षेत्र मिच्ने क्रम देखिनु बिडम्बना हो । संघीय व्यवस्थाले स्थानीय सरकारलाई अधिकार त दियो तर त्यो अधिकारको प्रयोग गर्ने नियमावली आईदिएन। कतिपय जनप्रतिनिधिहरु पाएको अधिकार भन्दा बढी प्रयोग गर्न थालेपछि समस्या निम्तिएको साहको भनाई छ। 

लहान नगरपालिकाका मेयर मुनी साह सुडीले विद्यालयलार्इ पठाएकाे अादेश र अदालतले जारी गरेकाे अादेश :









यसमा तपाईको मत


अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करणको अपडेट पाउने  स्मार्टफोनहरू

एन्ड्रोइडको नयाँ संस्करणको अपडेट पाउने स्मार्टफोनहरू

यहाँ विभिन्न स्मार्टफोन निर्माताहरूको कुन कुन मोडलले एन्ड्रोइडको नयाँ संस्करणको अपडेट पाउने निश्चित भएको छ भन्ने कुराको जानकारी दिईएको छ

मेगा बैंकको क्यूआर कोडमा किराना व्यवसायीहरुलाई आकर्षक अफर

मेगा बैंकको क्यूआर कोडमा किराना व्यवसायीहरुलाई आकर्षक अफर

मेगा बैंक नेपाल लिमिटेडले किराना व्यवसायीहरुका लागी आकर्षक अफर ल्याएको छ । ...

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यदि तपाईंले प्रयोग गर्ने पासवर्ड पनि यही सूचीमा भेटाउनु भयो भने चाडैं नै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ...

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स...

बर्जरको वेदरकोट लङ्गलाइफ

बर्जरको वेदरकोट लङ्गलाइफ

पियू र सिलिकन प्रविधि प्रयोग गरिएको यसले घामपानी छेक्ने १० वर्ष टिक्ने कम्पनीको दाबी रहेको छ । ...

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बीमा ...

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीतका स्रष्टा आफैले गर्ने गरेका छन् । ...

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...