८ वैशाख २०८१ शनिबार
समाज

त्रिशुली किनारमा बस खस्दा ७ जनाको मृत्यु, ६ को अवस्था गम्भीर

चितवन – काठमाडौंबाट स्याङ्जाको वालिङ जाँदै गरेको बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ४ पुरुष, २ महिला र १ बालकको मृत्यु भएको हो।

५ जनाको घटनास्थलमानै र २ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। 

ना ६ ख २५०६ नम्बरको बस ना ५ प ७४०९ नम्बरको ट्रकसँग ठोक्किदा चितवनको ईच्छाकामना गाउँपालिकाको चुम्लिङटारमा दुर्घटना भएको थियो। शुक्रबार बिहान ११ः५५ बजे दुर्घटना हुँदा त्रिशुली किनारमा खसेको थियो। 

एक सय मिटर तल खोंचमा खसेको बस दुर्घटनाका घाइतेको चितवन, धादिङ, पोखरा र काठमाडौंमा उपचार भइरहेको छ।

चितवनमा ११ जना, पोखरामा ५ जना तथा धादिङ र काठमाडौंमा एक–एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। चितवन र धादिङमा उपचार गराइरहेको १२ जना मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ।

 

प्रकाशित: ११ श्रावण २०७५ १०:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App