coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

व्यापारीबाट गैरकानुनी रुपमा रकम असुल्दै यारी भन्सार

हुम्ला – नेपाल र चीनको सिमानामा रहेको यारी भन्सार कार्यालयले व्यापारीबाट गैर कानुनी रुपमा रकम असुली गर्ने गरेको तत्थ्य बाहिर आएको छ।

कर नतिरेर नाम्खा ६ लिमीका व्यापारी तन्जन लामाले यारी नाका भन्सार कार्यालय हुँदै तिब्बतको ताउलाकोट निकासी गर्न लागेका ३ लाख बढी मुल्यका चाँदीले मोडेको काठका भाँडा (फुरु) तथा अन्य सामानको भ्याट बापत भन्दै प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गानाको निर्देशनमा यारी नाका भन्सार कार्यालयले २७ हजार ५ सय ६० रुपैयाँ असुलेको १ दशक देखि तिब्बतको ताउलाकोटमा व्यापार गर्दै आएका नाम्खा गाउँपालिका १ हेप्काका सुनाम लामाले बताए।

भन्सारको नियम अनुसार सामान देश बाहिर निकासी गर्दा चाहे १ केजी होस या १ ट्रक नै होस सामान निकासी गरे बापत निकासी शुल्क १ सय १३ रुपैयाँ बाहेक अरु केही पनि लाग्दैन। आफु कार्यालयको काममा काठमाडाैं आएकाले के का लागि रकम उठाएको हो सो कुरा आफुलाई जानकारी नभएको यारी नाका भन्सार कार्यलयका प्रमुख रामचन्द्र भट्टले बताए।

हिल्सामा रहेको भन्सार कार्यालयले करका नाममा स्थानीय व्यापारीबाट गैर कानुनी रुपमा रकम असुली गर्ने गरेको छ। यदि कानुन बमोजिम व्यापारीले भ्याट नतिरेर सामान ल्याएको छ भने सबै सामान सिज हुनुपर्ने हो  कि भन्सारले रसिद काट्नु पर्ने हो।  तर सो सामान सिज गर्नुको सट्टा कानुन विपरीत प्रमुख जिल्ला अधिकारीको निर्देशनमा व्यापारीलाई धम्क्याएर कायर सेतो कागजमा रकम उठाउन लगाएको रकम सरकारी खातामा नगएर सिधै ब्यक्तीको खल्तीमा जाने ताउलाकोट व्यापार संघका सदस्य छिरीङटसी लामा बताए।

बुधबार अख्तियारको समेत अधिकार प्राप्त ब्यक्ती प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखकै उपस्थितीमा हुम्लाबाट चीनको तिब्बतमा निर्यात हुने सामानमा भन्सार नलाग्ने ब्यवस्थालाई समेत बेवास्ता गर्दै भन्सार कार्यालय यारीले सेतो कागजमा रकम भुक्तानी गरेको छाप लगाएर कानुन विपरीत काम गरेको छ। सामानसँगै भन्सार कार्यालयमै पुग्नु भएका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले स्थानीय व्यापारीले राज्यलाई कर नतिरी सामान ल्याएकाले आफुले भन्सारका कर्मचारीलाई हिसाब गरेर भ्याट बराबरको रकम लिन भने स्विकार गरे। 

भन्सारमा राजस्व संकलन गर्ने रसिद हुँदाहुँदै व्यापारीबाट रकम उठाएर सेतो कागजमा रकम बुझेको प्रमाण दिनु सरासर गलत नियत भएको कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाका प्रमुख राजन रेग्मीले बताए। यसरी उठाएको रकम कुनै पनि हालतमा सरकारी खातामा जम्मा नगरी सिधै व्यक्तीको खल्तीमा जाने निश्चित  छ  भन्छन  प्रमुख रेग्मी।

तर निकासी हुने सामानमा भ्याट लिन नपाउने भन्सार विभागले जनाएको छ। कर उठाउने जिम्मा कर कार्यालयको भएको भन्सार बिभागका महानिर्देशक तोयम रायले बताए। जो कार्य यारी नाका भन्सार कार्यालयले गर्यो त्यो कानुन विपरीत भएकाले कानुनी कारबाही गर्ने चेतावनी समेत महानिर्देशक रायले दिए। 

प्रकाशित: ११ श्रावण २०७५ ०९:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App