७ वैशाख २०८१ शुक्रबार
समाज

पहिराेमा परि एक वेपत्ता

जुम्ला - जिल्लाको पातारासी गाउँपालिका–५ मा गएको पहिरोमा परी एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। 

जिल्ला सदरमुकाम खलंगादेखि पूर्वीभेगमा पर्ने पातारासी गाउँपालिका–५ लोर्पमा गएराति गएको पहिरोमा परी स्थानीय २८ बर्षीय डम्बरसिंह बुढा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय, जुम्लाले जनाएको छ।  अविरल बर्षाका कारण गएको पहिरोमा परी स्थानीय भेषबहादुर बुढा र खड्कबहादुर बुढा सामान्य घाइते भएका प्रहरी निरीक्षक प्रकाश केसीले जानकारी दिए।

घाइते दुबै जनाको नजिकैको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। बेपत्ता व्यक्तिको उद्धारका लागि खोजी कार्य जारी रहेको प्रहरीले बताएकाे छ।

प्रकाशित: ११ श्रावण २०७५ ०९:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App