८ वैशाख २०८१ शनिबार
राजनीति

चिकित्सा शिक्षा विधेयकमा संशोधन हाल्ने झन्झट नगर्नुस् : गगन थापा

संसदमा बाेल्दै गगन थापा । तस्बिरः दिपेश श्रेष्ठ/नागरिक

काठमाडौं - नेपाली कांग्रेसका नेता गगन थापाले डा. गोविन्द केसी कसैको झोला बोक्ने मान्छे नभएको बताएका छन्। शुक्रबार संसद बैठकमा बोल्दै सांसद थापाले कसैको मान्छे नभएर एक साधु भएको बताए।

उनले चिकित्सा शिक्षा विधेयमा अब छलफल हुँदा संशोधन हाल्ने झन्झट नगर्न पनि आग्रह गरे। त्यसले फेरी दु:ख हुने उनले बताए। उनले कन्टेनमा कुरा गर्न आग्रह गरे। यो विधेयले चिकित्सा शिक्षामा फाइदा मात्र हुने उनको भनाई छ। ‘यसले कोही हार्दैन सबैले जित्छौं’, उनले भने।

चिकित्सा शिक्षा विधेयक यस क्षेत्रमा भएका विकृति हटाउन आएको उनले  बताए। अध्यादेशलाई प्रतिस्थापन गर्ने बेलामा यति बुझेको भए अनशन नै बस्न पर्ने अवस्था नआउने उनले बताए।  

डा. केसीसँगको वार्ता भाँड्न षडयन्त्र भयो भनेर आफुलाई आरोप लगाएकोमा कै भन्नु नभएको उनले बताए। ‘नेकपाको संसदीय दलको बैठकमा कांग्रेसले वार्ता भाड्न खोजेको थियो हामीले बचायौं भन्नु भएछ, उनले भने, ‘ बचाएकोमा तपाईहरुलाई वधाई छ।‘

‘प्रधानमन्त्रीले पाखुरा बटारेर अनशन हुन्छ भन्नु भयो’, थापाले भने, ‘तर हामी सहमतिमा पुगेका छौं यो ।’

एउटै मान्छे १५ पटक अनशन बस्न पर्ने अवस्था आउनु  सरकारका लागि मात्र प्रश्न नभएको भन्दै उनले सरकारमा बसेकाहरुको लागि पनि र सरकारमा बस्न चाहनेहरुका लागि पनि प्रश्न भएको बताए।

डा. केसीसँग जे सम्झौता भएको छ त्यो अनुरुप सरकारले पनि त्यसको जिम्मा लिनुपर्छ, नेकपाले पनि लिनुपर्छ र  कांग्रेसले पनि लिने उनले बताए। चिकित्शा शिक्षा विधेयकलाई संसदबाट कानुनको रुपमा लिएर जाने विषयमा कांग्रेस सत प्रतिशत सहयोगि बन्ने उनले प्रष्ट पारे।

प्रकाशित: ११ श्रावण २०७५ ०८:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App