coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

जनताबाट अस्विकृत भएकाहरूको चुरीफुरी उपयुक्त हुँदैन : प्रम ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट अस्विकृत भएकाहरूको  चुरीफुरी उपयुक्तन हुने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीयदलको बैठकलाई शुक्रबार बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदमा सांसदहरूलाई सरकारका काम कारबाहीका बारेमा डटेर कुरा राख्न निर्देश्न दिएका हुन्।

“संसदीय अभ्यासमा अभ्यस्त भइसकेका साथीहरूले अगुवाइ गर्ने र नयाँ साथीहरूले त्यसलाई पछ्याउने गर्नुपर्याे” ओलीले भने, “शीर्ष नेताहरूले सरकार, नीति तथा कार्यक्रम र बजेटका पक्षमा खुलेर कुरा राख्नुपर्छ। जसले गर्दा संसद र जनतामा पनि राम्रो सन्देश प्रवाह हुन्छ।”

संसदमा एक दुईजना उभिएका भरमा संसद अवरुद्ध हुन दिननुहुने ओलीको भनाइ थियो। प्रधानमन्त्री ओलीले  असोज ३ गते सम्ममा कानुनहरू बनाइसक्नुपर्ने भएकाले संसद अवरुद्ध हुँदा कार्यसुचीलाई असर गर्ने बताए। “यी सबै काम समयमै सक्नका लागि हाम्रा सांसदहरूले सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई बल दिनु पर्दछ ” उनले भने। 

प्रधानमन्त्री ओलीले सरकारले मन्त्रालय विभाजन भन्नुको कुनै तुक नभएको बताए। “संविधानले २५ वटासम्म मन्त्रालय  र मन्त्री बनाउन अधिकार दिएको छ” उनले भने,  “त्यस कारण आवश्यकता अनुसार मन्त्रालय विभाजन गरिएको हो।”

वर्तमान सरकारले सक्रियतापूर्वक कामगर्ने ओलीले भने, “यस सरकारलाई असफल हुने छुट छैन र असफल हुन पनि दिइदैन।” वर्तमान सरकार बनेपछि बेथिती र भ्रष्टाचार घट्दै गएको भन्दै ओलीले भने, “कतै भ्रष्टचार भएको थाहा पाउनुभयो भयो भने भन्नुहोस म अनुहार नहेरी कारबाही गर्छु।”

कार्यक्रममा ओलीले डा.गोविन्द केसीको अनसन तोडाउनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पनि पार्टी सरकार विरुद्ध भइरहेका षडयन्त्रलाई चिर्नुपर्ने बताएका थिए। 

प्रकाशित: ११ श्रावण २०७५ ०८:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App