coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

डा. केसी र सरकारबीच भएको सहमति संसदलाई जानकारी गराउन माग

शुक्रबारको संसद बैठक। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिबारे संसदलाई जानकारी गराउन माग गरेका छन्।

शुक्रबारको संसद बैठकमा बोल्दै रिजालले केसीसँग भएको सहमति जनताको जित भएको बताए।

पहिल्यै चिकित्सा शिक्षा अध्यादेश अनुसार विधेयक ल्याउन नमानेर सरकारले दम्भ देखाए पनि अन्तत: सरकारको अहंकार अन्त्य भएको उनले बताए। स्वास्थ्य, शिक्षामा सरकारले जनताको उत्तरदायीत्व लिनुपर्ने उनको भनाई छ।

सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संवैधानिक मान्यता विपरित सत्ता पक्ष गएको भन्दै उनले आलोचना गरे। जनता सार्वभौम भएको भन्दै उनले संविधानको बाटो सबैले स्वीकार गर्न पर्ने उनले बताए।

यसअघि कांग्रेसले डा.गोविन्द केसी र सरकारबीच भएको सहमति सदनलाई जानकारी गराउन माग गर्दै बैठक अवरुद्ध पारेको थियो।  बैठकको सूरुमै कांग्रेस सांसद्ले कुर्चीबाट उठेर अवरोध गरेपछि सभामुख कृष्णबहादुर महराले सांसद् मिनेन्द्र रिजाललाई बोल्न समय दिएका थिए। उनले सहमतिलाई जनताको जीत भन्दै संसदमा यसलाई पेश गर्न माग गरेका थिए। लगत्तै शिक्षामन्त्री गिरीराजमणि पोखरेलले सरकार र डा.केसी बिच सहमति गरेको संसदलाई जानकारी गराए। सहमतिका बुँदा मन्त्रीपरिषद्बाट अनुमोदन भएपछि जानकारी गराउने बताएका थिए। 

 


 

प्रकाशित: ११ श्रावण २०७५ १०:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App