८ वैशाख २०८१ शनिबार
अर्थ

रौतामाई गाउँपालीकाको बजेट ३९ करोड

उदयपुर – सडक र पर्यटनलाई मुख्य प्राथमिकतामा राख्दै उदयपुरको रौतामाई गाउँपालिकाले आर्थिक वर्ष ०७५–७६ को बजेट तथा नीति कार्यक्रम पारित गरेको छ। 

असार २८ गते प्रदेश सांसद नारायण बुर्जामगरले उद्घाटन गरेर केहिदिनको छलफलपछि सम्पन्न गाउँपालिकाको तेस्रो गाउँसभाले ३९ करोडभन्दा बढीको बजेट पारित गरेको हो। गाउँपालिका अध्यक्ष जेन्द्रबहादुर खड्काले प्रस्तुत गरेको बिभिन्न ११ शीर्षकमा ३९ करोड १५ लाख रुपैयाँको अनुमानित वार्षीक बजेट र नीति तथा कार्यक्रम सभाले पारित गरेको हो। 

सभाले संघीयको सशर्त अनुदान ८ करोड ७२ लाख १० हजार, निशर्त १५ करोड ३२ लाख, समानीकरण ६६ लाख ५९ हजार र समानीकरण सशर्त अनुदान १ करोडलाई आम्दानी मानेको छ। त्यस्तै, राजश्व बाँडफाँड ६ करोड ९० लाख १ हजार, साना सिँचाई १ करोड ३२ लाख, सामाजिक सुरक्षा भत्ता ४ करोड, प्रदुषणबाट प्राप्त हुने १० लाख, आन्तरिक आय ३८ लाख, अन्य आय ६६ लाख ४९ हजार गरी जम्मा ३९ करोड १५ हजार रुपैयाँको वार्षीक अनुमानित आयव्यय पारित भएको अध्यक्ष खड्काले बताए। 

खर्चतर्फ विभिन्न ११ शीर्षकमा बजेट विनियोजन गरिएको छ। यसमध्ये प्रशासनिक खर्चतर्फ ४ करोड २३ लाख, पूर्वाधार विकासतर्फ २ करोड ९ लाख, सामाजिक विकास १५ करोड ५९ लाख, आर्थिक विकास ६८ लाख खर्च हुने गरी विनियोजन प्रस्ताव पारित भएको छ। 

नीति तथा कार्यक्रममा आम्दानीको सबैभन्दा बढी हिस्सा पर्यटकीय क्षेत्रको बिस्तार, गुरुयोजना निर्माण, पर्यटकलाई आकर्षित गर्नेखालका योजना तथा मनोरम दृश्यहरूलाई महत्व दिइएको छ। पर्यटकीय क्षेत्र प्रभावकारी बनाउन सके आम्दानीको स्रोत पनि बढ्ने आँकलन गाउँपालिकाले गरेको छ। 

प्रकाशित: ११ श्रावण २०७५ ०७:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App