८ वैशाख २०८१ शनिबार
समाज

भोजपुरमा लक्ष्य भन्दा बढी मुद्दाको फैसला

भोजपुर –  जिल्ला अदातल भोजपुरले लक्ष्य भन्दा बढी मुद्दा फैसला गरेको छ। अदालतले गत आर्थिक वर्षमा १ सय ८२ वटा मुद्दा फछ्यौंट गर्ने लक्ष्य राखेकोमा २ सय ७ ओटा मुद्दा फछ्यौंट गर्न सफल भएको हो।

जिल्लामा अघिल्लो अर्थिक वर्ष र गत आर्थिक वर्षमा परेका २ सय ६५  मा ८५ ओटा फैसला हुन बाँकी रहेको अदालतले जनाएको छ। 

अदालतमा परेका मुद्धामध्ये सबैभन्दा बढी सम्बन्ध बिच्छेद र दोस्रोमा जबरजस्ती करणीको रहेको अदालतले जनाएको छ। कुल मुद्दामध्ये २२ प्रतिशत अर्थात ५८ ओटा सम्बन्ध बिच्छेद मुद्दा परेकोमा ४५ ओटा फैसला भएका छन भने १३ ओटा बाँकी रहेको कार्यालयको भनाई छ।

त्यस्तै जिल्लामा करणीमा ३० ओटा मुद्दा परेकोमा २४ ओटा फैसला भएको र २४ ओटा फैसला हुन बाँकी छ। जिल्लामा कुल मुद्दाको फैसला ७८ दशमलव ७  रहेको जानकारी दिएको छ। 

त्यस्तै जिल्लामा फैसला  कार्यान्वयनको अवस्था सत प्रतिशत रहेको जानकारी दिइको छ। यस तर्फ कार्यन्वयन गर्ने लक्ष्य १७ लिएकोमा लक्ष्य भन्दा बढी २४ ओटा फैसला भएका मुद्दा कार्यान्वयन भएको जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामले जानकारी दिए।

त्यस्तै मेलमिलापबाट १७ मुद्दा  मिलाएको जानकारी दिइएको छ। अदालतले यस आर्थिक वर्षमा बाँकी रहेका ८५ वटा र अनुमानित नयाँ दर्ता १ सय ८३ गरी जम्मा २ सय ४१ मुद्दा हुने अनुमान रहेको जनाएको छ। जसमा फछ्यौट गर्ने लक्ष्य १ सय ८१ राखेको छ। 

प्रकाशित: ११ श्रावण २०७५ ०७:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App