coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुर्घटनाबारे सचेतना फैलाउँदै ट्राफिक प्रहरी

ललितपुर – महानगरीय ट्राफिक प्रहरी कार्यालय ललितपुरले घरघरमा ट्राफिक सन्देश छर्ने उद्देश्यले शनिबारबाट ललितपुरको भेसैपाटीमा ट्राफिक दुर्घटना, लेन र अनुशासनबारे चालक तथा पैदल सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । चालक र यात्रुको हेलचेक्रयाइले नै सवारी दुर्घटना बढेकोले उनीहरुलाई सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै महानगरीय ट्राफिक महाशाखा प्रमुख प्रकाश अर्यालले देशमा वर्षेनी २ हजार भन्दा बढी मानिसले ट्राफिक दुर्घटनाबाट ज्यान गुमाउने गरेको बताए । उनले दुर्घटनाको न्यूनिकरणको उत्तम उपाय सवारी नियमलाई पालना गर्नु नै रहेको औँलयाए ।

साथै ट्राफिक प्रहरीको क्षेत्रमा प्रभावकारी भूमिका निभाएको भन्दै महाशाखा प्रमुख अर्यालले ललितपुरका ट्राफिक इन्चार्ज सिताराम हाछेंथुलाई प्रमाणपत्र प्रदान गरेको थिए । रोटरी क्लबले आयोजना गरको कार्यक्रममा प्रहरी इन्चार्ज हाछेंथुले निर्माण गरेको ट्राफिक प्रहरीसम्बन्धि जनचेतनामुलक डकुमेन्ट्री प्रस्तुत गरिएको थियो ।

ट्राफिक क्षेत्रलाई चुस्त र दूरुस्त बनाउनले गाउँगाउँमा समेत दुर्घटनाको सन्देश प्रवाह गर्ने हेत्तुले आयोजना भएको कार्यक्रममा वर्षभरी लेन, अनुशासन र नियमलाई पालना गरेर सवारी चलाउने १० जना सवारी चालकलाई सम्मानपत्र पनि प्रदान गरिएको इन्चार्ज हाछेंथुले जानकारी दिए ।

यसैबीच महानगरीय प्रहरी परिसर जावलाखेलले आत्महत्या रोकथाम दिवसको अवसरमा शनिबार २४ घण्टे आत्महत्या हेल्पलाईन सेवा सुरु गरेको छ । यस सेवा अन्र्तगत अब कुनै पनि व्यक्तिले आत्महत्याका घटनाबारे जुनसुकै समयममा पनि प्रहरीलाई सम्पर्क गर्न सक्नेछन् ।

प्रकाशित: २६ भाद्र २०७३ ०३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App