५ वैशाख २०८१ बुधबार
समाज

भारत लैजान लागिएका गोरुसहित चालक नियन्त्रणमा

इलाम – भारत निकासी गर्न लागिएका २५ वटा गोरुसहित गोरु बोकेको ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

सूर्याेदय नगरपालिका–२ स्थित पशुपतिनगर–मानेभञ्ज्याङ भित्री सडकको नेपाल–भारत सीमाबाट ना.६ ख ५६२ नम्बरको ट्रकका चालक मकवानपुरको हेटौंडा–१५ घर भएका ३५ वर्षे सञ्जीवकुमार लामा पक्राउ परेका हुन्।

पशुपतिनगर इलाका प्रहरी कार्यालयबाट खटेको टोलीले शुक्रबार बिहान साढे ५ बजेतिर चालकसहित गोरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

ती गोरुको क्वारेन्टाइन झापासम्मको मात्रै रहेको र चालक तथा गोरु आवश्यक कारबाहीका लागि पशुपतिनगर भन्सारमा बुझाइएको प्रहरी हवल्दार विजय राईले जानकारी दिए।

प्रकाशित: ११ श्रावण २०७५ ०४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App