८ वैशाख २०८१ शनिबार
समाज

सुरक्षा बचतमा असुरक्षा, ११ लाख चोरी

पाल्पा – सुरक्षा बचत तथा ऋण सहकारी रामपुर नगरपालिका–५, मा रहेको कार्यालयबाट मंगलबार राती ११ लाख १७ हजार ३ सय ९५ रुपैयाँ चोरी भएको सहकारीले जनाएको छ। 

रातिको समयमा ढोका फोरेर रकम चोरी भएको हो। इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भोजराज पाण्डे भन्छन्, ‘साउन ४ पछि बैंकमा रकम जम्मा गरेको देखिदैन त्यसैले पनि रकम सहकारीमा नै थियो कि भन्ने बताएको छ कति रकम चोरी भो भन्ने हिसाबमा अनुसन्धान भइरहेको छ।’  

सहकारीका व्यवस्थापक चन्द्र मल्लले मंगलबारको कारोबार सम्पन्न गरी घरधनी नभएकाले कार्यालय कोठासँगै घरको मुल गेटमा ताला लगाई गएको तर बुधबार बिहान ९ बजे कार्यालयमा पुग्दा गेट, कार्यालय र घरको सबै ताला खुलेको अवस्थामा भेटिएको बताए। साथै पैसा राखिएको घर्रा समेत तोडिएको अवस्थामा भेटिएको बताए। मल्लले अरुबेला रकम बैंकमा नै जम्मा गर्ने भएपनि बुधबार सबेरै लगानी गर्नका लागि मंगलबार सहकारीमै रकम राखिएको बताए। 

चोरले कार्यालयको माथिल्लो तलामा बस्दै आएका घरधनी बुद्धि प्रकाश रेग्मीको कोठाको ताला पनि फुटाएको छ। मंगलबार राति भएको घटनाको बारेमा अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेयले बताए। उनले सुक्ष्म रुपले अध्ययन गरी घटनाको सत्यतथ्य बाहिर ल्याउने बताए।

प्रकाशित: ११ श्रावण २०७५ ०१:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App