खोज तथा उद्धारका सामग्री सुरक्षा निकायलाई प्रदान

शुक्रबार, ११ साउन २०७५, ०६ : ५६ नागरिक

बर्दिया – जिल्ला विपद् व्यवस्थापन समितिले विपद्को बेला आवश्यक पर्ने सामग्री सुरक्षा निकायलाई प्रदान गरेको छ। 

उक्त समितिको समन्वयमा जिल्लाका सबै स्थानीय तहबाट प्राप्त आर्थिक सहयोगबाट जिल्ला प्रहरी कार्यालय सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा कार्यालय गुलरिया, भैरवप्रसाद सुरक्षा गुल्म गुलरिया, शिवदल गण ठाकुरद्वारा र जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई रु १५ लाख बराबरका सामग्री हस्तान्तरण गरिएको हो। 

जिल्लामा विपद्का बेला खोज तथा उद्धार कार्यका लागि सुरक्षाकर्मीलाई आवश्यक सामग्रीको अभाव हुँदै आएकाले स्थानीय तहसग अनुरोध गरेर खोज तथा उद्धार सामग्री उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए। 

उनले बाढीका कारण जिल्लाका कतिपय भाग जोखिममा पर्ने भएकाले विपद्का बेला हुनसक्ने जनधनको क्षति न्यूनीकरणका लागि आवश्यक सामग्री हस्तान्तरणले ठूलो सहयोग पुग्ने बताए। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय गुलरियाका सशस्त्र प्रहरी उपरीक्षक कृष्ण कोइरालाले विपद्का बेला उद्धारका लागि प्राप्त सामग्री निकै उपयोगी हुने बता्रए। 

यसै वर्ष नेपाल रेडक्रस सोसाइटीले समेत रवर बोटलगायत खोज तथा उद्धार कार्यमा आवश्यक पर्ने नौ लाख बराबरको सामग्रीसमेत स्थानीय विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको थियो। रासस








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad