काँग्रेसले शुक्रबार संसद् बैठक अवरोध नगर्ने

बिहिबार, १० साउन २०७५, २० : ५४ नागरिक

काठमाडाैं- नेपाली काँग्रेसले शुक्रबार हुने संसद् बैठक अवरोध नगर्ने भएको छ। 

रिपोर्टर्स क्लबले विहीबार आयोजना गरेको साक्षात्कारमा काँग्रेसका नेता डा नारायण खड्काले समस्याको समाधान खोज्ने थलो संसद् भएको जनाउँदै अनशनरत प्रा डा गोविन्द केसीले उठाएका मागप्रति सरकार सकारात्मक देखिएकाले बैठक अवरोध नगर्ने प्रष्ट पारे। 

अघिल्लो सरकारको पालामा चिकित्सा शिक्षा अध्यादेश सहमतिमै आएको स्मरण गराउँदै सांसद डा खड्काले सरकारले सामाजिक न्यायमा आधारित शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा जोड दिए। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले लामो लोकतान्त्रिक अभ्यास गरेको काँग्रेसले लगातार संसद् अवरुद्ध गर्दा संसदीय प्रणालीमाथि नै प्रश्न उठ्ने बताए। उनले भने, “संसद् सञ्चालन गर्नुपर्छ, प्रक्रियालाई अड्काएर राख्नुहुँदैन्। बरु अन्तर्वस्तुमा विमति हुन सक्छ। यसका लागि छलफलबाट सहमति खोज्नुपर्छ। लगातार संसद् अवरुद्ध गरेर संसदीय व्यवस्था असफल भएको मुलुकका रुपमा परिभाषित गर्न दिनुहुँदैन।” 

नेता गुरुङले अनशनरत प्रा डा केसीको जीवनरक्षा हुनुपर्नेमा जोड दिँदै उनले भनेजस्तो विधेयकमा हुबहु लागू गर्न नसकिने हुँदा सहमति र संवादमार्फत निकास खोज्नुपर्ने बताए। 





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad