काठमाडौं– तीन वर्ष अघि तयार गरिएको बहुचर्चित माथेमा प्रतिवेदनलाई कतिपयले चिकित्सा शिक्षा सुधारका लागि ‘गीता’ भनेका छन्। कतिपय भने अझै वेखवर छन्। यहि प्रतिवेदनका अाधारमा चिकित्सा शिक्षाा सुधार गर्नुपर्ने माग गर्दै डा.गाेविन्द केसी अनशनमा बस्दै अाएका छन्।
त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक केदारभक्त माथेमाको संयोजकत्वमा बनेको आयोगले चिकित्सा शिक्षा सुधारका लागि निकै गहन अध्यय गरि २०७२ असारमा सरकारलाई बुझाएको थियो। माथेमा प्रतिवेदनका मुख्य विषयहरुलाई नेपाल इन डाटाले इन्फोग्राफिक्समा उतारेको छ।
प्रकाशित: १० श्रावण २०७५ १४:४७ बिहीबार