चौरी महोत्सवमा साढे १० लाखको कारोबार

बिहिबार, १० साउन २०७५, २० : ३४ नागरिक संवाददाता

पाँचथर– उच्च पहाडी क्षेत्रमा पर्ने जिल्लाको उत्तरी फालेलुङ गाँउपालिका–४ मा पर्ने चारराते भन्ने ठाँउमा बैशाख–१ र २ गतेसम्पन्न भएको दोश्रो चौरी महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ।  ४ सय ३१ रुपैँया बराबरको नाफा भएको मुल आयोजक समितिले सर्वाजनिक गरेको प्रतिवेदनमा उल्लेख रहेको छ। 

१० लाख ७५ हजार ४ सय ५५ रुपैँया आम्दानी भएको जानकारी दिइएको छ। महोत्सव सम्पन्न गर्दा १४ लाख ३३ हजार ८ सय ६४ रुपैँया खर्च भएको जानकारी दिइएको छ। ३ लाख ५८ हजार ४ सय ९ रुपैँया घाटा देखिएपनि ३ लाख ५८ हजार ८ सय ४० रुपैँया बराबरको जिन्सी समाग्री सुरक्षित रहेकाले यतिको नाफा देखिएको मुल आयोजक समितिका अध्यक्ष डिल्लिा आन्जुम केरुङले जानकारी दिए।

लेकमा पानीले चौरीको प्रवर्द्धन गर्दै जैविक विविधताको संरक्षण, क्रसवोर्डर टुरजिमको विकास गर्ने भन्दै चौरी महोत्सव आयोजना भएको थियो। फालेलुङ गाँउपालिका र वडाहरुमार्फत ५ लाख ७२ हजार २ सय, इसिमेडबाट २ लाख ५० हजार, जिल्ला वन कार्यालयबाट ७१ हजार र अन्य विभिन्न क्षेत्रबाट सहयोग जुटाईएको बताइएको छ। महोत्सव व्यवस्थापन, कलाकार, अतिथि लगायतको क्षेत्रमा खर्च भएको जानकारी दिइएको छ। चेतनामुलक, मनोरञ्जनात्मक, शिक्षामुलक र प्रवद्र्धन गर्ने गरी महोत्सव सम्पन्न भएको केरुङले जानकारी दिए। विभिन्न प्रजातिका चौरी प्रदर्शन, अवलोकन भ्रमण, स्टल, सास्कृतिक कार्यक्रम गरी महोत्सव सम्पन्न भएको थियो। 

महोत्सवले गोठ सस्कृतिको प्रवर्द्धन, नेपाल भारत सिमा क्षेत्रको समस्या उजागर, जैविक विविधिताको सरक्षणमा दबाव सिर्जना गर्न सकिएको आयोजक समितिका उपाध्यक्ष शिल्प राईले बताए। बजेटको अभाव, जोखिमयुक्त भुगोल, सडक लगायतको असुविधाका विच महोत्सव सम्पन्न भएको आयोजकले जानकारी दिइएको थियो। लेकमा गोठ स्टेमा बस्ने व्यस्था मिलाईएको थियो।






यसमा तपाईको मत

अन्य समाचार

बर्दियाको गुलरियामा ग्लोबल आइएमई बैंक

बर्दियाको गुलरियामा ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले बर्दियाको गुलरीया नगरपालिका वडा नम्बर ६, जिविस रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ...

सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकले टिच फर नेपाललाई पाँच लाख रूपैयाँ सहयोग गरेको जनाएको छ । ...

एनआइसी एसियाको दोस्रो त्रैमासिक वित्तीय नतिजा उत्साहजनक

एनआइसी एसियाको दोस्रो त्रैमासिक वित्तीय नतिजा उत्साहजनक

एनआइसी एसिया बैंकले चालु आर्थिक वर्ष ०७६/७७ को दोस्रो त्रैमाससम्ममा दुई अर्ब ९० करोड सञ्चालन मुनाफा आर्जन गरेको छ ।

हिमालयन बैंक र म्याक्स मनीबीच सम्झौता

हिमालयन बैंक र म्याक्स मनीबीच सम्झौता

हिमालयन बैंक र मलेसियन कम्पनी म्याक्स मनी एसडिएन बिएचडीबीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ...

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

यस योजना अन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाईम...

ह्यून्डाई कोना ईलेक्ट्रीकलाई गिनिज वल्र्ड रेकर्डस उपाधि

ह्यून्डाई कोना ईलेक्ट्रीकलाई गिनिज वल्र्ड रेकर्डस उपाधि

ईलेक्ट्रीक SUV कोनाले गिनिज वल्र्ड रेकर्डसको प्रतिष्ठित उपाधि जित्न सफल भएको छ । ...

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत शनिबार आफ्नो गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम...

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर सार्वजनिक

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर सार्वजनिक

नेपालको औधोगिक तथा ब्यबसायिक घराना माझ लोकप्रीय तथा देशको आर्थिक विकासमा सर्मपित एम. भी. दुगड़ ग्रुप नेपालको सफल ब्यबसायी दुगड...

Ncell Footer Ad