पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न माग

बिहिबार, १० साउन २०७५, २० : ३० नागरिक

लिस्बन– पोर्चुगलमा रहेका प्रवासी नेपालीले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना हुनुपर्ने माग गरेका छन्।

प्रवासी नेपाली मञ्च पोर्चुगल, नेपाली जनप्रगतिशील मञ्‍च पोर्चुगल र एनआरएन पोर्चुगलको संयुक्त आयोजनामा मंगलबार राजधानी लिस्बनमा भएको छलफल तथा अन्तरक्रियाका सहभागीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसमक्ष दूतावास नहुँदा पोर्चुगलमा रहेका नेपालीले धेरै प्रकारका समस्या झेल्नुपरेको बताए।

अन्तरक्रियामा सहभागी अधिकांश वक्ताले राजदूतावास स्थापनाका लागि सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरुले नेपालमा पोर्चुगल दूतावास स्थापनाका लागि पहल गर्न समेत मन्त्रीसमक्ष आग्रह गरे।

दूतावास नभएकै कारण कागजी प्रमाणीकरण, परिवार ल्याउने कामलगायत सामान्य कागजी प्रक्रियाका लागि समेत नयाँ दिल्लीस्थित पोर्चुगली दूतावास धाउनुपर्ने बाध्यता रहेको गुनासो गरे। यस्तै पोर्चुगलमा रहेका नेपाली राहदानीलगायत कागजी प्रक्रियाका लागि फ्रान्सस्थित नेपाली दूतावास पुग्नुपर्ने बाध्यता रहेको दुखेसो पनि पोखे।

सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले दूतावास स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने बताउँदै दुई देशबीचको व्यापार, पर्यटन र लगानीले मात्रै दूतावास स्थापनाको औचित्य पुष्टि हुने बताए।

कार्यक्रममा सहभागीको जिज्ञासालाई स्पष्ट पार्दै फ्रान्सका लागि नेपाली राजदूत अम्बिकादेवी लुइँटेलले फ्रान्समा रहेको दूतावासले सकेसम्म सेवा प्रदान गरेको बताए।

पोर्चुगलका लागि अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले अवैतनिक वाणिज्यदूतावासले सेवा प्रवाहमा कुनै कञ्जुस्याइँ नगरेको जिकिर गरे। सो अवसरमा एनआरएन पोर्चुगल, दूतावास स्थापनार्थ संघर्ष समिति, नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मञ्च, जनप्रगतिशील मञ्चलगायत संस्थाले दूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए। रासस








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad