coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गृहमन्त्री थापालाई युएई भ्रमणको निम्तो

काठमाडौं– गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत साईद हम्दान मोहम्मद अल नाक्बिले आज गृहमन्त्रालयमा शिष्टचार भेटवार्ता गरेका छन्। 

गृहमन्त्रालयमा भएको भेटमा नेपाल–युएई द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो।
भेटमा गृहमन्त्री थापाले नेपालको विकास तथा नेपाली कामदारलाई रोजगारीको सृजना अवसर गरेर युएईले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे।

यस्तै उनले युएईमा कार्यरत नेपालीहरुको संरक्षण र वृत्ति विकासमा सहयोगका लागि राजदूतसँग आग्रह गरेका थिए।
सुन तस्करी सम्बन्धी घटनामा गृह मन्त्रालयले गठन गरेको अनुसन्धान समितिलाई युएई सरकारको तर्फबाट गरिएको सहयोगका लागि समेत गृहमन्त्री थापाले धन्यवाद व्यक्त गरे।

भेटमा राजदूूत नाक्बिले नेपालमा सुन तस्करीबारे गरीरहेको अनुसन्धानको क्रममा नेपालको आग्रह अनुसार एक व्यक्तिलाई युएईमा पक्राउ गरिएको र उनलाई नेपाल पठाउने प्रक्रिया जारी रहेको गृहमन्त्रीलाई जानकारी दिए।

उनले मानव तस्करी र अन्य किसिमका तस्करी रोक्नेबारे नेपाल र युएईबीच कुनै किसिमको सम्झौता नभएको कारण केही समस्या देखिएको भन्दै नेपालले सो किसिमको सम्झौता गर्न चाहे युएई तयार रहेको प्रष्ट पारे।

भेटमा युएईका उपप्रधान तथा गृहमन्त्रीको तर्फबाट राजदत नाक्बिले गृहमन्त्री थापालाई युएई भ्रमणका लागि निमन्त्रणा गरेका थिए। 

प्रकाशित: १० श्रावण २०७५ १२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App